डा. गोविन्द केसीले २४ औं दिनमा १६औं अनसन तोडे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
१५ पटक हेरिएको
Shares
डा. गोविन्द केसीले २४ औं दिनमा १६औं अनसन तोडे

सारांश

  • काठमाडाैं।
  • विगत २४ दिनदेखि अनसन बसेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डाक्टर गोविन्द केसीले शुक्रबार १६ औं अनसन तोडेका छन्।
  • अनसन बसिरहेकै बेला संसदका दुवै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको तथा त्यसरी विधेयक पारित गर्दा चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनसँग मेल नखाने प्रावधानसमेत परेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वास्थ्यलाई ख्याल राखेर अनसन तोडिएको डाक्टर केसीले जनाएका छन्।

काठमाडाैं। विगत २४ दिनदेखि अनसन बसेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डाक्टर गोविन्द केसीले शुक्रबार १६ औं अनसन तोडेका छन्।

अनसन बसिरहेकै बेला संसदका दुवै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको तथा त्यसरी विधेयक पारित गर्दा चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनसँग मेल नखाने प्रावधानसमेत परेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वास्थ्यलाई ख्याल राखेर अनसन तोडिएको डाक्टर केसीले जनाएका छन्।

यसअघि माथेमा कार्यदलका सदस्यहरूले डा.केसीलाई भेटेर सत्याग्रहको २४ औं दिनमा पुग्दा उनको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै सत्याग्रहको कार्यक्रमलाई पुनर्विचार गर्न आग्रह गरेका थिए।

‘नेपाल सरकारलाई आगामी दिनमा उक्त ऐनका प्रावधानहरु उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मर्मअनुसार हुने गरी सुधार गर्दै जान आग्रह गर्दर्छौं । साथै चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले उहाँको स्वास्थ्यको रक्षार्थ सत्याग्रहको कार्यक्रममा पुनर्विचार गर्नुहुन अनुरोध गर्दर्छौं,’ कार्यदलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

साथै ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु कार्यदलले नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?