मङ्गलबार भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ४, २०७७
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ ।
  • केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन् ।
  • यसअघि एक दिनमा सङ्क्रमितको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन् । यसअघि एक दिनमा सङ्क्रमितको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ३८ हजार ७२४ पुगेको सो मन्त्रालयले जनाइएको छ । कुल सङ्क्रमितमध्ये दुई लाख ३४ हजार ४०६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ४५ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट १८८ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार ४४ पुगेको बुधबार जनाइएको छ । भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २२ करोड ९२ लाख ४९ हजार ७८४ जनाको कोरोना परीक्षण गरिएको छ । मङ्गलबार एकै दिनमा नौ लाख ६९ हजार २१ जनाको कोरोना परीक्षण गरिएको छ ।–सिन्ह्वा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा
व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा
१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस
१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस
नेवारी सभ्यता समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो छ : प्रचण्ड
नेवारी सभ्यता समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो छ : प्रचण्ड
निगम नेतृत्वले कमिसन खान खोज्दा वाइडबडीको जापान उडान स्थगित(भिडियोसहित)
निगम नेतृत्वले कमिसन खान खोज्दा वाइडबडीको जापान उडान स्थगित(भिडियोसहित)
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
८० जना बाद्यबाधक राखेर रेकर्ड गरियो ‘प्रेम गीत ३’को शीर्ष गीत
८० जना बाद्यबाधक राखेर रेकर्ड गरियो ‘प्रेम गीत ३’को शीर्ष गीत
यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
उपप्रधानमन्त्री उपेन्द्र यादव काण्डमा एभिन्यूज टीभीले बुझायो स्पष्टिकरण
उपप्रधानमन्त्री उपेन्द्र यादव काण्डमा एभिन्यूज टीभीले बुझायो स्पष्टिकरण
रोग लिएर फर्कन्छन् महिला कामदार
रोग लिएर फर्कन्छन् महिला कामदार
सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय  : के पि ओली
सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय : के पि ओली

तपाईंले छुटाउनुभयो कि?