८० जना बाद्यबाधक राखेर रेकर्ड गरियो ‘प्रेम गीत ३’को शीर्ष गीत

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
१७ पटक हेरिएको
Shares
८० जना बाद्यबाधक राखेर रेकर्ड गरियो ‘प्रेम गीत ३’को शीर्ष गीत

सारांश

  • काठमाडौं ।
  • बहु प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को शीर्ष गीत रेकर्डिङ गरिएको छ ।
  • रेडियो नेपालको सबैभन्दा ठूलो हलमा ८० जनाभन्दा बढी बाध्यबाधकहरुको लाइभ बाजामा गीत रेकर्डिङ गरिएको हो ।

काठमाडौं । बहु प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को शीर्ष गीत रेकर्डिङ गरिएको छ । रेडियो नेपालको सबैभन्दा ठूलो हलमा ८० जनाभन्दा बढी बाध्यबाधकहरुको लाइभ बाजामा गीत रेकर्डिङ गरिएको हो ।नेपालमा यसरी सायदै गीत रेकर्ड गरिन्छ । गीतमा अहिलेका ब्यस्त गायक प्रताप दास र प्रबिशा अधिकारीले स्वर दिएका छन् । शीर्ष गीतमा राजेश कुमार श्रेष्ठको रचना रहेको छ, भने संगीत एलिश कार्कीले गरेका छन् ।गीतमा प्रताप र प्रबिशासँगै अभिनेता शिव श्रेष्ठ, प्रदिप खड्का, नायिका कृष्टिना गुरुङलगायतका कलाकारहरुले सामुहिक आवाज दिएका छन् । चलचित्रलाई निर्देशक छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्ने भएका छन् ।चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मीलगायतका कलाकारहरु मुख्य भूमिकामा देखिदैछन् । चलचित्र दशैंपछि फ्लोरमा जाने भनिएको छ । चलचित्रको छायांकन सुरु नभएपनि प्रदर्शन मिती भने तय गरिसकेको छ । यो चलचित्र चैत्र २८ गतेबाट प्रदर्शन हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?