सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय : के पि ओली
सारांश
- काठमाडौं, जेठ २० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मुलुकमा निर्वाचन गराउने दायित्वभन्दा सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय गरेको बताउनुभएको छ ।
- उहाँले भरतपुर प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रहसकेत गर्नुभएको छ ।
- उहाँले भन्नुभयो, ‘बरु सत्तारुढ दलका उम्मेदवारलाई सरक्क विजयी घोषणा गर्दा हुन्छ, निर्वाचन अपराधमा संलग्नलाई प्रोत्साहन हुने निर्णय लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल खाँदैन ।
काठमाडौं, जेठ २० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मुलुकमा निर्वाचन गराउने दायित्वभन्दा सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय गरेको बताउनुभएको छ ।
उहाँले भरतपुर प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रहसकेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘बरु सत्तारुढ दलका उम्मेदवारलाई सरक्क विजयी घोषणा गर्दा हुन्छ, निर्वाचन अपराधमा संलग्नलाई प्रोत्साहन हुने निर्णय लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल खाँदैन ।’
एमालेले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ ।
एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने र यसका लागि कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको हो ।
भरतपुर महानगरपालिकाको वडा नं– १९ को मतगणना जारी हुँदा केही मतपत्र च्यातिएको घटनाको छानबिनपछि आयोगले १९ नम्बर वडामा पुनः मतदानमा जाने निर्णय गरेको थियो । यही विषयमा पुनःमतगणना हुनुपर्ने माग राखी एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।
अध्यक्ष ओलीले अाइतबारका लागि तय भएको नयाँ प्रधानमन्त्रीको निर्वाचनमा सदन अवरोध भएका कारण भाग लिने प्रश्नै नआउने बताउँदै सो सम्बन्धी निर्वाचन प्रक्रिया नै संसद्मा प्रस्तुत भइनसकेको उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को एक केन्द्रमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ । नागरिकको मत दुरुपयोग गरिएकाले न्याय खोज्न आफूहरु अदालत जाने नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
‘भरतपुरमा नियोजित रुपमा नागरिकको मतको दुरुपयोग गरिएको छ, त्यसको विरोधमा एमाले अदालत जान्छ’ उपनेता नेम्वाङले उज्यालोसँग भन्नुभयो, ‘संविधमान, निर्वाचन मूल्य र मान्यताको अवमूल्यन भएको छ, हामी अदालत, संसद सडक जताजतैबाट नागरिकको भोटको सम्मान खोज्नेछौं ।’
प्रतिक्रिया