रामायणमा ऋतिक रोशन र दीपिका पादुकोण
सारांश
- मुम्बई (एजेन्सी) ।
- बलिउडका लोकप्रिय अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणले सँगै स्क्रिनसेयर गर्ने भएका छन ।
- उनीहरूले हिन्दू पौराणिक कथामा अधारित चलचित्र रामायणमा एकसाथ काम गर्ने भएका हुन् ।
मुम्बई (एजेन्सी) । बलिउडका लोकप्रिय अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणले सँगै स्क्रिनसेयर गर्ने भएका छन । उनीहरूले हिन्दू पौराणिक कथामा अधारित चलचित्र रामायणमा एकसाथ काम गर्ने भएका हुन् । चलचित्र मेकर नितेश तिवारी र रवि रड्यावरले रामायण बनाउने तयारी गरिरहेका छ ।
थ्रीडीमा निर्माण हुने यस चलचित्रमा ऋतिक रोशन र दीपिका पादुकोणले स्क्रिन शेयर गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । यस विषयमा औपचारिक घोषणा भने गर्न बाँकी छ । चलचित्रमा ऋतिक भगवान राम र दीपिका सीताको भूमिकामा प्रस्तुत हुने समाचारमा उल्लेख छ । नितेश तिवारीले रामायणको लागि ऋतिकलाई अफर गरेका थिए ।
रामायणमा ऋतिक काम गर्न तयार भएका छन् । चलचित्र मधु मटेनाले निर्माण गर्ने भएका छन् । ऋतिक अभिनित चलचित्र सुपर ३० अहिले भारतसँगै नेपाली हलहरूमा पनि प्रदर्शन भइरहेको छ । साथै यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।
प्रतिक्रिया