महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १२, २०७७
|
|
२० पटक हेरिएको
Shares
महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला

सारांश

  • महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला परेको छ ।
  • उनीहरुको शव गाडिएको अवस्थामा आज फेला परेको हो ।
  • झा दम्पत्तिको खोजी गर्न माग गर्ने सामाजिक अभियन्ता भगवान झाले पनि झा दम्पत्तिको शव फेला परेको जनाए ।

महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला परेको छ । उनीहरुको शव गाडिएको अवस्थामा आज फेला परेको हो ।

झा दम्पत्तिको खोजी गर्न माग गर्ने सामाजिक अभियन्ता भगवान झाले पनि झा दम्पत्तिको शव फेला परेको जनाए । महोत्तरीको पिपरा गाउँपालिका–२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।

महोत्तरी जिल्ला,पिपरा गांउपालिका वार्ड नं ५ सहोडवा निवासि मुसाफिर झा र उनकी श्रीमती गीता देवी झा २०७७ फागुुन १० गते राति आप्mनो निवासमा सुति रहेको अवस्थामा केही व्यक्तिहरुद्वारा बेपत्ता पारिएका थिए। बेपत्ता पारिएको भोलीपल्टै देखि प्रहरीले खोजविन शुरु गरेको थियो ।

तराई मधेशमा झा दम्पत्तिको खोजबिन गर्न चौतर्फी दबाब बढेपछि प्रहरीको सीआइबीले टोली गठन गरेको थियो । सीआइबी सक्रिय भएको एक हप्तामै शव फेला परेको छ ।

प्रहरीले आरोपी पक्राउ गरी अनुसन्धान बढाएलगत्तै सत्यतथ्य पत्ता लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?