एमाले-माओवादी एकता: ४ सय सदस्यीय केन्द्रीय समिति बनाउने कसरत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
१८ पटक हेरिएको
Shares
एमाले-माओवादी एकता: ४ सय सदस्यीय केन्द्रीय समिति बनाउने कसरत

सारांश

  • काठमाडौं, २० वैशाख – नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच मिलाएर नेपाल कम्युनिष्ट पार्टी बनाउँदा करीव चार सय सदस्य केन्द्रीय समिति बनाउने कसरतमा नेताहरु जुटेका छन् ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफनो पार्टीको ७७ सदस्यीय केन्द्रीय सचिवालयलाई विस्तार गरेर एक सय ५० देखि दुइ सय सदस्यीय बनाउने र एमालेको करीव दुई सय सदस्यीय केन्द्रीय समिति वीच पार्टी एकता हुने जानकारी सो पार्टीका नेताहरुलाई गराएका छन् ।
  • यसअघि रामबहादुर थापा नेतृत्वको कार्यदलले दुई सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको थियो ।

काठमाडौं, २० वैशाख – नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच मिलाएर नेपाल कम्युनिष्ट पार्टी बनाउँदा करीव चार सय सदस्य केन्द्रीय समिति बनाउने कसरतमा नेताहरु जुटेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफनो पार्टीको ७७ सदस्यीय केन्द्रीय सचिवालयलाई विस्तार गरेर एक सय ५० देखि दुइ सय सदस्यीय बनाउने र एमालेको करीव दुई सय सदस्यीय केन्द्रीय समिति वीच पार्टी एकता हुने जानकारी सो पार्टीका नेताहरुलाई गराएका छन् ।

यसअघि रामबहादुर थापा नेतृत्वको कार्यदलले दुई सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वीच आज केन्द्रीय समितिको संख्याको बारेमा छलफल हुने कार्यक्रम छ ।

केन्द्रीय समितिको संख्यामा सहमति जुटेको अवस्थामा माक्र्सको २०० औ जन्मजयन्तीको अवसर पारेर मइ ५ शनिवारसम्म पार्टी एकताको मिति घोषणा गर्ने तयारी भइरहेको प्रचण्डले पार्टीका सचिवालय सदस्यहरुलाई जानकारी गराएका छन् । ओली र प्रचण्ड पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद,लेनिनवाद बनाउन सहमत भएका छन ।

एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको २१ औ शताब्दीको जनवादलाई महाधिवेशनमा लगेर टुंग्याउनेमा पनि दुवै नेताहरु सहमत भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?