आमिरको अर्को ब्लकबस्टर
सारांश
- मुम्बई, १४ जेठ ।
- २०१७ मा धेरै नयाँ कलाकारहरु बलिउडमा पर्वेश गरे ।
- ति मध्ये एक हुन् दङ्गलबाट डेब्यु गरेकि फातिमा सना शेख ।
मुम्बई, १४ जेठ । २०१७ मा धेरै नयाँ कलाकारहरु बलिउडमा पर्वेश गरे । ति मध्ये एक हुन् दङ्गलबाट डेब्यु गरेकि फातिमा सना शेख । जो आफ्नो पहिलो फिल्ममै आमिर खानको छोरीको रोलमा देखिएकि थिइन् । भने अब उनकै प्रेमिकाको भुमिका निर्वाह गर्नेछन् ।
यतिबेला उनी २०१८ को सबै भन्दा ठूलो ब्लकबस्टर ठग्स अफ हिन्दुस्तानकाे तयारी गरिरहेकि छन् । आमिरखानका फ्यान यो फिल्मलाई लिएर धेरै आशावादी भएका बेला सबैको नजर फतिमा तिर हुनु स्वभाविक हो । फिल्म यही वर्षको दिपावलीमा रिलीज हुँदैछ ।
ठग्स अफ हिन्दुस्तानमा कटरिना क्याफ राजकुमारीको भुमिकामा देखिँदै छन् । फिल्म पाइरेट्स अफ द क्यारेवियनमा आधारीत जस्तो लागेपनि आमिर खानले समुद्री लुटेरासँग कुनै सम्बन्ध नभएको स्पष्ट पारे । फिल्ममा आमिर खान लटेरा भुमिकामा देखिने छन् । भने अर्का बलिउडका हस्ती अमिताभ बच्चन कुनै कविलाका प्रमुखको रुपमा देखिने छन् ।
ठग्स अफ हिन्दुस्तानी फिल्मबाट आमिरले ७० प्रतिशत सम्म नाफाको अनुमान गरेका छन् । जुन् जो कोही कलाकार सोच्नपनि सक्दैनन् ।
फतिमा कै वरीपरि पूरै फिल्म घुम्ने आमिरल बताए । फतिमा मुख्य भुभिकामा दखिएकोमा आफूलाई धेरै खुसी लागेको पनि उनले भने ।
(Klonopin)
प्रतिक्रिया