पेशाबाट सिंगो समुदाय नै विस्थापित

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
५३ पटक हेरिएको
Shares
पेशाबाट सिंगो समुदाय नै विस्थापित

सारांश

  • पाल्पा, २ फागुन , रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् ।
  • घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित हुन पुगेका हुन् ।
  • बजारको उचित व्यवस्था नहुँदा नयाँ पुस्ता यस पेशामा आकर्षित हुन नसक्दा पेशाबाट सिंगो समुदाय नै विस्थापित भएको स्थानीय बासिन्दा पदम विश्वकर्मा बताउनुहुन्छ ।

पाल्पा, २ फागुन , रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् ।

घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित हुन पुगेका हुन् । बजारको उचित व्यवस्था नहुँदा नयाँ पुस्ता यस पेशामा आकर्षित हुन नसक्दा पेशाबाट सिंगो समुदाय नै विस्थापित भएको स्थानीय बासिन्दा पदम विश्वकर्मा बताउनुहुन्छ ।

“बाँसका सामान बोकेर गाउँ चाहार्न निकै सास्ती हुन्छ, बाँसका सामान बेच्नका लागि बजार छैन”, ५९ वर्षीय रनवीर विश्वकर्माले दुखेसो पोख्नुभयो । बाँसका सुपो (नाङ्लो), डाला, मान्द्रालगायत वस्तु बुन्दै आएपनि बजारको समस्या रहेको उहाँको भनाइ छ ।

“बालबालिका यही पेशामा काम गरी हुर्काइयो, अहिले मासिक रु १५ हजार आम्दानी गर्नसमेत गाउँ चाहार्नु पर्छ, कहिले आम्दानी हुन्छ, कहिले हुँदैन”, विश्वकर्माले भन्नुभयो । पहिले १३ घरले बाँसका सामान बनाउने काम गरेपनि अहिले आफूले मात्र यो पेशालाई निरन्तरता दिएको जानकारी दिनुभयो ।

बाँसका सामग्री बनाउन बढी समय लाग्ने र काम बढी जोखिमको भएकाले युवा पुस्ताको आकर्षक पेशाका रुपमा स्थापित हुन सकेको छैन । बजारमा मेसिनद्वारा बनेका सामानका कारण सस्तो मूल्यमा प्लास्टिकका सामान पाइन्छन् ।

उनीहरु बाँसका सामग्रीले बजार पाउन समस्या झेल्न बाध्य हुँदै आएका छन् । “चुनाव आएपछि नेताहरु घरमा नमस्कार गर्दै साइनो लगाउँछन्, दलित बस्तीमा आउने गरेपनि चुनाव सकिएपछि मुखमा समेत हेर्दैनन्”, स्थानीय बासिन्दा रनवीर विश्वकर्माले बताउनुभयो । काम नगरी खान नै पाइँदैन, बाँसका चोया बनाउँदै उहाँले भन्नुभयो, “भोट दिए पनि हाम्रा बस्तीमा विकास भएन ।”

कुसुमखोलाको माराबाँसका विश्वकर्मा समुदायले निर्वाचनपछि नेताहरु आफ्ना समस्या बुझ्न नआएकामा उनीहरु दुःखी भएको बताएका छन् । दलित बस्तीमा अझै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडकलगायतका क्षेत्रमा पहुँच पुग्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर  महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता
‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता
पत्रकारमाथि हातपात गर्ने खड्काको निलम्बन फुकुवा
पत्रकारमाथि हातपात गर्ने खड्काको निलम्बन फुकुवा
एसीसी यू–१९ इस्टर्न रिजन स् उपाधिका लागि नेपाल र हङकङ भिड्दै, कसले मार्ला बाजी?
एसीसी यू–१९ इस्टर्न रिजन स् उपाधिका लागि नेपाल र हङकङ भिड्दै, कसले मार्ला बाजी?
चन्दा सङ्कलनबाट मदरसा सञ्चालन
चन्दा सङ्कलनबाट मदरसा सञ्चालन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
प्रहरी प्रमुख खनाल विरुद्ध लाग्ने समूह
प्रहरी प्रमुख खनाल विरुद्ध लाग्ने समूह
आज विश्व गैँडा दिवस ः गैँडा संरक्षणबारे अन्तरक्रिया