काठमाडौँको आकाशमा एक्कासी देखियो तुवाँलो, हवाई उडानसमेत प्रभावित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
काठमाडौँको आकाशमा एक्कासी देखियो तुवाँलो, हवाई उडानसमेत प्रभावित

सारांश

  • काठमाडौँको आकाशमा एक्कासी समस्या देखिएको छ ।
  • आज (शुक्रबार) दिउँसो काठमाडौँको आकाशमा एक्कासी तुवाँलो बदेपछि हवाई उडान समेत बन्द गरिएको हो ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।

काठमाडौँको आकाशमा एक्कासी समस्या देखिएको छ । आज (शुक्रबार) दिउँसो काठमाडौँको आकाशमा एक्कासी तुवाँलो बदेपछि हवाई उडान समेत बन्द गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।

‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ, आउने र जाने दुवैथरी रोकिएको छ ।’ उनले भने यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

नेपालको अग्रनी वायु सेवा कम्पनी बुद्ध एयरले समेत आफ्नो सामाजिक सञ्जालमार्फत उडान बन्द गरेको जानकारी गराएको छ । वुद्ध एयरले सामाजिक सञ्जालमा लेखेको छ,‘काठमाडौँमा भिजिविलिटी समस्या देखिएको छ । हाम्रा उडान हरु पनि प्रभावित भएरहेको छ । असुविधाको लागि क्षमाप्रार्थी छौँ । उडान सम्बन्धी अपडेट हाम्रो मोवाइल एपबाट हेर्न सकिन्छ ।’तुवाँलोका कारण मानिसहरुको स्वास्थ्य अवस्थामा समेत हानी पुग्ने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?