पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ

सारांश

  • काठमाडौं, १७ असोज ।
  • नेपाल पत्रकार महासंघले पत्रपत्रिका जलाइनु तथा तथा पत्रकारमाथि आक्रमण गरिनुलाई स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको बताएको छ ।
  • महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी उक्त कार्यको भत्र्सना र निन्दा गर्दै संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

काठमाडौं, १७ असोज । नेपाल पत्रकार महासंघले पत्रपत्रिका जलाइनु तथा तथा पत्रकारमाथि आक्रमण गरिनुलाई स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको बताएको छ । महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी उक्त कार्यको भत्र्सना र निन्दा गर्दै संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

“प्रकाशित समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा आज वितरणका लागि ल्याइएका कान्तिपुर, दि काठमाडौं पोष्ट, नागरिक, अन्नपूर्णपोष्ट लगायतका राष्ट्रिय दैनिक पत्रिका जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ । सुदूरपश्चिमको राजधानीसम्बन्धी समाचार ती पत्रिकाहरुमा छापिएको भन्दै हातमा पेट्रोल बोकेर आएका ४÷५ जनाको समूहले बिहान ६ः०० बजे वितरणका लागि लगिएको पत्रिका गाडीबाट कब्जामा लिई अत्तरियाको निलम पुस्तक पसल अगाडि जलाएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि असोज १६ गते आफूअनुकूल समाचार प्रवाह नगरेको भन्दै कञ्चनपुरमा सगरमाथा टेलिभिजनका सम्वाददाता चन्द्रकान्त जोशीमाथि एक समूहले आक्रमण गरेको स्मरण पनि विज्ञप्तिमा गराइएको छ । “कुनै पनि बहानामा जनतालाई सुसूचित गराउने भरपर्दो माध्यमको रुपमा रहेका पत्रपत्रिका जलाइनु तथा पत्रकारमाथि आक्रमण गर्नु भनेको स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप हो”, महासचिव विष्टको विज्ञप्तिमा भनिएको छ ।

यस्ता कार्यले नेपालको संविधानको धारा १९ मा व्यवस्था भएको सञ्चारको हकको उल्लंघन हुनुका साथै जनताको सुसूचित हुनपाउने अधिकारलाई कुण्ठित पार्ने महासंघको ठहर रहेको विज्ञप्तिमा छ । यस्ता प्रेसविरोधी क्रियाकलापको कडा शब्दमा भत्र्सना गर्दै यो घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र सञ्चारकर्मी र सञ्चारमाध्यमको सुरक्षामा संवेदनशील भई यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?