प्रचण्डद्वारा ओलीमाथि ‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेको’ आरोप

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २५, २०७७
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुृष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभामा तेस्रो ठूलो दलका नेता हुन् ।
  • देशमा माओवादी जनयुद्ध उचाईमा पुगेयता भने उनी राजनीतिको मुख्य खेलाडीका रुपमा छन् ।
  • प्रचण्डले नेपालको राजनीतिलाई नयाँ मोडमा लगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुृष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभामा तेस्रो ठूलो दलका नेता हुन् । देशमा माओवादी जनयुद्ध उचाईमा पुगेयता भने उनी राजनीतिको मुख्य खेलाडीका रुपमा छन् ।

प्रचण्डले नेपालको राजनीतिलाई नयाँ मोडमा लगेका छन् । देशमा गणतन्त्र स्थापनामा उनको मुख्य भूमिका रह्यो । शताब्दीऔंयताको राजसंस्थासहितको राजनीतिक प्रणालीलाई उल्टाएर गणतन्त्र स्थापनामा प्रचण्ड मुख्य खेलाडीमध्येका रहे ।

माओवादी राजनीतिक मूलधारमा आएपछि प्रचण्ड सत्ताको वरिपरि छन् । उनी राजनीतिको केन्द्रमा पनि रहे । तर, प्रचण्डका यस्ता कमी कमजोरी छन् जसले उनलाई पछिल्लो समय चिप्लाइदिएको छ । उनी राजनीतिको केन्द्रबाट केही कुनामा पुगेका छन् ।

प्रचण्डका कमजोरी

१. रौसिइहाल्नेः प्रचण्ड कतिपय अवस्थामा रौसिइन्छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दंग पारेको समेत खुलाएका छन् । ओलीले तपाईँभन्दा भोटो बढी फटाएको छु, यसो गरौं न ? भन्दा लौ हुन्छ नि त भनेको अनुभव सुनाइसकेका छन् । लौ न त भइहाल्छ भन्दा भन्दै प्रचण्ड चिप्लिएका छन् । न विगतमा उनीसँग सत्ता आधा आधा कार्यकालको पालना भयो न त प्रचण्डसँगको सम्झौता कुनै पालना भयो ।

२. विरोधीलाई नै अवसर दिनेः यो प्रचण्डको अर्को कमजोरी हो । प्रचण्डले आफ्नो कट्टर विरोधीलाई नै अवसर दिने र नजिक हुने स्वभाव देखाउने गरेका छन् । कुनैबेला प्रचण्डको चर्को विरोध गर्ने केपी शर्मा ओलीसँगै उनले एकताको हात बढाए । पार्टीभित्र पनि विरोधीका रुपमा परिचित थिए रामबहादुर थापा बादल । तर, उनले बादललाई नै अवसर दिए । असन्तुष्टहरुलाई नै अवसर दिने कार्यशैलीले उनलाई यसपटक चिप्लायो । बादल ओलीसँग गए । प्रभु साह देखि टोपबहादुर रायमाझी पनि अवसर पाउनेमा थिए । उनीहरु विगतमा प्रचण्ड विरोधी समूहमा थिए । दुवैले अवसर पनि पाए । तर, अप्ठ्यारो पर्दा प्रचण्डको साथ छाडे । प्रचण्डले उनीहरुलाई बिकाउ मालको संज्ञा दिएका छन् ।

३. विश्वास गरिहाल्नेः प्रचण्ड चाँडै कसैलाई विश्वास गर्छन् । उनले पार्टीभित्र र बाहिर धेरै विश्वास गर्दा घात व्यहोर्नुपरेको छ । प्रचण्डले विश्वास गरेर मन्त्री बनाएकाहरुले नै साथ छाडे । अहिले उनीहरुमध्ये कोही प्रचण्डलाई जावलाखेलको जु मा थुन्छु भनिरहेका छन् त कोही प्रचण्ड नांगिएको टिप्पणी गरिरहेका छन् ।

४. आक्रामक बोलीः प्रचण्ड निकै आक्रामक रुपमा प्रस्तुत भएर बोल्छन् । यसले उनलाई नोक्शान पुग्ने क्रम बढेको छ । विदेशीलाई उनले सार्वजनिक रुपमा गाली गर्ने देखि फकाउने सम्म गरेर बोलेका छन् । पछिल्लो समय उनले कम्फर्टेवल सरकारको कुरा गरेर आलोचित भए । छिमेकी राष्ट्रहरुप्रति उनको अभिव्यक्ति बेला बेलामा गम्भीर विषय बन्ने गरेको छ ।

५.करिश्मामयी नेता बन्न खोज्नेः प्रचण्डले राजनीतिमा पार्टीभन्दा आफूलाई केन्द्रमा राख्ने गरेका छन् । । आफूलाई करिश्मामयी नेता बनाइरहन खोज्छन् । उनले एकता केन्द्र, नेकपा माओवादी, माओवादी केन्द्र समेत विघटन गरेका थिए । तैपनि, उनी करिश्मामयी नेता बनिरहन सफल भए । तर, त्यही व्यक्तित्व उनका लागि चुनौती बनेको छ । करिश्मा देखिन छाडेपछि प्रचण्ड कमजोर सावित हुँदै गएका छन् । उनीमाथि व्यक्तिवादी भएको आरोप छ । त्यसैले परिवार र आफ्नो विषयमा बढी बोल्छन् । यही कमजोरीका कारण उनले जनयुद्ध लडेका थिए आफ्ना विश्वासपात्रहरुको संरक्षण गर्न सकेनन् । उनीहरु प्रचण्डबाट टाढिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीको जम्बो केन्द्रीय कमिटी बन्दै
एकीकृत समाजवादीको जम्बो केन्द्रीय कमिटी बन्दै
चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन
चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
गण्डकी प्रदेश सरकारका दुई वर्ष : कानून निर्माण र पूर्वाधार विकास
गण्डकी प्रदेश सरकारका दुई वर्ष : कानून निर्माण र पूर्वाधार विकास
राजपा र फोरमबीच एकता नहुने, यादव-महतोले गरे यस्तो खुलासा
राजपा र फोरमबीच एकता नहुने, यादव-महतोले गरे यस्तो खुलासा
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्
५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या
५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति

तपाईंले छुटाउनुभयो कि?