कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २२, २०७९
|
|
३१ पटक हेरिएको
Shares
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

सारांश

  • चितवन।
  • कोभिड-१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ।
  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन्।

चितवन। कोभिड-१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन्।

सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ सय ४३, पूर्वकर्म/पञ्चकर्म सेवा दुई हजार सात सय ९४, ज्येष्ठ नागरिक सेवा एक हजार, स्तनपायी आमा तथा शिशु सेवा एक सय ८९, नागरिक आरोग्य स्वास्थ्य सेवा ११ हजार ४४, अन्य सेवा आठ सय १३ जनाले लिएका छन्। यस्तै औषधालय सेवा २९ हजार आठ सय २३ जनाले लिएका छन्।

आव २०७६/७७ मा आठ हजार सात सय १२ जनाले सेवा लिएका थिए भने आव २०७७/७८ मा १२ हजार छ सय ६५ जनाले सेवा लिएको केन्द्रले जनाएको छ। कार्यालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार कोभिड महामारीमा धेरैले आयुर्वेदिक औषधि प्रयोग गरेसँगै सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो। अधिकारीले भने, “पहिले अन्यत्र निको नभएपछि आयुर्वेदबाट उपचार गराउन आउने धेरै हुन्थे, पछिल्लो समय प्रथम उपचार गर्न नै आउने बढेका छन्।”

सेवाग्राही बढेसँगै केन्द्रले सेवालाई विस्तार गर्दै लगेको छ। अधिकारीका अनुसार केन्द्रबाट २३ वटा औषधि निःशुल्करूपमा दिने गरिएको छ भने अन्य आवश्यक औषधि सशुल्क किन्न सकिने गरी फार्मेसी सञ्चालन गरिएको छ। यसैगरी प्रयोगशाला, भिडियो एक्सरेलगायतका सुविधा सञ्चालन गरिएको छ। केन्द्रमा प्रत्येक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगसमेत सञ्चालन हुँदै आएको छ। प्रत्येक मङ्गलबार रगत परीक्षणसहित निःशुल्क मधुमेह क्लिनिक र मधुमेह, उच्च रक्तचाप तौल जाँच एवं परामर्श सेवा सञ्चालन हुँदै आएको छ।

केन्द्र परिसरमै ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया सुरु भइसकेको छ। यसैगरी प्रादेशिक औषधि उत्पादन केन्द्रको भवन निर्माणको काम सम्पन्न भएर उपकरण खरिद र औषधि उत्पादनको प्रक्रिया अघि बढेको उनले बताए।

आयुर्वेद औषधि उत्पादन केन्द्रका निर्देशक डा सुरेश महर्जनले एक सय ३३ वटा जडीबुटीबाट ३६ प्रकारका औषधि र तेल उत्पादन गर्ने तयारी गरिएको बताए। उनका अनुसार स्वदेशी जडीबुटीको प्रयोग गरी औषधि तयार गरिने छ। त्यसमध्ये पनि ८० प्रतिशत स्थानीय जडीबुटी हुनेछन्। अमला, हर्राे, बर्राे, बेसार, अदुवालगायतका ८० प्रतिशत जडीबुटी स्थानीयरूपमा नै उपलब्ध हुने उनको भनाइ छ। उनका अनुसार क्रमशः औषधिको सङ्ख्या बढाइँदै लगिने छ। उपकरण खरिदका लागि रु दुई करोड र कच्चा पदार्थ खरिदका लागि रु ६० लाख बजेट विनियोजन भइसकेको उनले जानकारी दिए।

केन्द्रले बिहीबार पत्रकारहरूसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरी आफूले गरेका गतिविधि र भावी योजनाबारे जानकारी दिएको हो। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका-१ का अध्यक्ष कुलप्रसाद सापकोटाले केन्द्रको विस्तारका लागि विद्यालयसँग समन्वय गरेर थप जमिनको व्यवस्था गरिएको बताए। उनले रत्ननगरलाई आयुर्वेदिक उपचारको हब बनाउन नगरपालिका लागिपरेको भन्दै आयुर्वेद विद्यालय सञ्चालनका लागि छलफल भइरहेको बताए।

केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले रोगी बन्न नदिने योगदेखि उपचारसम्मको सेवाको महत्त्व बुझाउन सबै लाग्नुपर्ने बताए। उनले केन्द्रको सेवालाई अझै चुस्तदुरुस्त बनाउन आफू लागिपर्ने भन्दै सबैको सहयोगको अपेक्षा गरे।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुम्ती शिविरबाट जनतालाई सेवासुविधा दिइयो
घुम्ती शिविरबाट जनतालाई सेवासुविधा दिइयो
‘नेपाल र भारतबीच रसायन मिलेको छ’ (भिडियोसहित)
‘नेपाल र भारतबीच रसायन मिलेको छ’ (भिडियोसहित)
विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा
विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा
सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित
सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
लीबियाको तट नजिक शरणार्थी चढेको पानी जहाज डुब्यो, १५० को मृत्यु भएको आंशका
लीबियाको तट नजिक शरणार्थी चढेको पानी जहाज डुब्यो, १५० को मृत्यु भएको आंशका
बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग
बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग
निर्मला पन्तको बलात्कारपछि हत्याबारे के भने सदनमा गृहमन्त्रीले ?
निर्मला पन्तको बलात्कारपछि हत्याबारे के भने सदनमा गृहमन्त्रीले ?
सय वर्षका वृद्धद्वारा मतदान
सय वर्षका वृद्धद्वारा मतदान

तपाईंले छुटाउनुभयो कि?