बैंकर अनिल शाहको नियुक्ति खारेज, नविलले नयाँ सीईओ नियुक्त गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बैंकर अनिल शाहको नियुक्ति खारेज, नविलले नयाँ सीईओ नियुक्त गर्ने

सारांश

  • काठमाडौं, माघ १७ ।
  •   नविल बैंकले अनिल शाहको नियुक्ति खारेज गरेको छ।
  • नविल बैंकको सञ्चालक समितिले शाहलाई पुस १३ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

काठमाडौं, माघ १७ ।  नविल बैंकले अनिल शाहको नियुक्ति खारेज गरेको छ। नविल बैंकको सञ्चालक समितिले शाहलाई पुस १३ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

नेपाल राष्ट्र बैंकले २०७४ पुस १३ गते निर्देशन जारी गर्दै एक संस्था छोडेको ६ महिनासम्म अर्को संस्थाको प्रमुख हुन रोक लगाएको थियो ।

शाहले मंसिर २३ गतेबाट दुई कार्यकाल पुरा गरि मेगा बैंकबाट अवकाश लिएका थिए ।

शाहलाई नविलले पुस १३ गते नियुक्त गरे पनि उनको कार्यकाल भने फागुन ५ गतेबाट सुरु हुनेवाला थियो ।

राष्ट्रबैंकको निर्देशनका कारण शाह जेठ २२ सम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी हुन पाउँदैनन् ।

राष्ट्र बैंकको नियमानुसार अनुसार बैंक वित्तीय संस्थाले प्रमुख कार्यकारी पद तीन महिनाभन्दा खाली राख्न पाउँदैनन् ।

अनिल शाहलाई जेठसम्म पर्खिनका लागि राष्ट्र बैंकको निर्देशनले रोक्ने भएकाले उनको नियुक्ति खारेज गरिएको बैंकले जनाएको छ ।

(https://expo.aspe.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?