५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
३२ पटक हेरिएको
Shares
५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या

सारांश

  • सप्तरी, ३१ भदौं ।
  • यहाँ न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् ।
  • बलात्कारीविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया किशोरीले मंगलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तरी, ३१ भदौं । यहाँ न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया किशोरीले मंगलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् ।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् । मण्डल समुदायका ८(१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरुले जानकारी दिए ।

साना घटनामा प्रहरी कार्यालय आउने तर संवेदनशील घटना लुकाउन खोज्ने प्रवृत्तिले प्रहरीलाई घटना अनुसन्धान गर्न र अपराधी पक्राउ गर्न समस्या हुने गरेको प्रहरी निरीक्षक खडकाले बताउनुभयो । घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक खडकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्नहरु, मडारिएको धानका बाला, फुटेका हातका चुराहरु र अन्य प्रमाणहरु पाइएको प्रहरीले जनाएको छ ।

किशोरीको मृत्युपछि सामूहिक बलात्कारका चार आरोपित गाउँबाट फरार भएका छन् । घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षितपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ । मृतकको शव मंगलबार राति राजविराज ल्याइएको छ । प्रहरी निरीक्षक खड्काले शवको परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिए ।(दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको केन्द्र र जिल्लाको अधिवेशन हुने
नेकपाको केन्द्र र जिल्लाको अधिवेशन हुने
बन्द गरेर बिरामीको जीवनसँग खेलवाड गर्न नहुने भन्दै डा. श्रेष्ठले गरिन विरोध
बन्द गरेर बिरामीको जीवनसँग खेलवाड गर्न नहुने भन्दै डा. श्रेष्ठले गरिन विरोध
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा
नेपालमा कोहीपनि कोरोना भाइरसबाट संक्रमित छैनन् : डा. रुना झा
तीन दलका शीर्ष नेताहरु छलफलमा, बालुवाटारमा बैठक जारी
तीन दलका शीर्ष नेताहरु छलफलमा, बालुवाटारमा बैठक जारी
सिकलसेल एनिमियाको औषधि अभाव
सिकलसेल एनिमियाको औषधि अभाव
नागार्जुन नगरपालिकाको बजेट ९१ करोडः सडक, खानेपानी, ढल निकास, स्वास्थ्य विशेष प्राथमिकतामा
नागार्जुन नगरपालिकाको बजेट ९१ करोडः सडक, खानेपानी, ढल निकास, स्वास्थ्य विशेष प्राथमिकतामा
जेब्रा क्रसिङमा गाडी रोकेर, मापसे गरी सवारी चलाएपछि …
जेब्रा क्रसिङमा गाडी रोकेर, मापसे गरी सवारी चलाएपछि …
1win India ᐉ Sports Betting and Casino Website INR 75000 on Registration and First Deposi
मनाङको नेस्याङमा पनि एमालेको प्यानलै बिजयी
मनाङको नेस्याङमा पनि एमालेको प्यानलै बिजयी

तपाईंले छुटाउनुभयो कि?