रोएल एन्तवर्पको पोष्टमा बार्सिलोनाको ५ गोल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०८०
|
|
५० पटक हेरिएको
Shares
रोएल एन्तवर्पको पोष्टमा बार्सिलोनाको ५ गोल

सारांश

  • काठमाडौं।
  • युरोपियन च्याम्पियन्स लिग २०२३-२४ अन्तर्गत सिजनको पहिलो खेलमा स्पानिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ।
  • जाआओ फेलिक्सले दुई गोल गरेपछि समूह एचको खेलमा बार्सिलोनाले बेल्जियन क्लब रोएल एन्तवर्पलाई ५-० ले सहजै हरायो।

काठमाडौं। युरोपियन च्याम्पियन्स लिग २०२३-२४ अन्तर्गत सिजनको पहिलो खेलमा स्पानिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ। जाआओ फेलिक्सले दुई गोल गरेपछि समूह एचको खेलमा बार्सिलोनाले बेल्जियन क्लब रोएल एन्तवर्पलाई ५-० ले सहजै हरायो।

घरेलु मैदानमा बार्सिलोनाका लागि खेलको ११औं मिनेटमै फेलिक्सले एक्ले गुन्डोगानको पासमा गोल गरी अग्रता दिलाएका थिए। त्यसपछि फेलिक्सकै पासमा रोवर्ट लेवान्डोस्कीले १९औं मिनेटमा गोल गरी बार्सिलोनाको अग्रता दोब्बर पारे।

एन्तवर्पका जे बट्टाइलेले २२औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३-० को अग्रता बनायो। ५४औं मिनेटमा गावीले बार्सिलोनाका लागि चौथो गोल गरे ।

६६औं मिनेटमै फेलिक्सले व्यक्तिगत दोस्रो तथा बार्सिलोनाका लागि पाँचौ गोल गरे। जितपछि बार्सिलोनाले समूह एचमा तीन अंक जोडेको छ। यस समूहको अर्को खेलमा पोर्चुगिज क्लब पोर्टोले युक्रेनी क्लब शाख्तर डोनेस्कलाई ३-१ ले पराजित गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?