फेरि प्रतिनिधिसभा विघटन गर्ने तयारीमा ओलीको संकेत !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २३, २०७८
|
|
३३ पटक हेरिएको
Shares
फेरि प्रतिनिधिसभा विघटन गर्ने तयारीमा ओलीको संकेत !

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् ।
  • कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे ।
  • कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे ।

कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उनले लामो पृष्ठभूमिका साथ आफूले संसद्बाट विश्वासको मत नपाए निर्वाचनमा जाने परिस्थिति बन्ने उल्लेख गरेको कांग्रेसका एक नेताले बताए । प्रधानमन्त्री ओलीले केही समयअघि देउवासँग आगामी असोज वा मंसिरभित्र निर्वाचन हुने गरी अघि बढ्ने बताउँदै त्यसका लागि सहयोगको आग्रह गरेका थिए ।

निर्वाचन गराउने ओलीको भनाइमा विश्वस्त बन्दै देउवाले पनि सरकार बनाउनेतिर चासो दिएका थिएनन् । उनको प्राथमिकता यतिबेला प्रधानमन्त्री बन्नेभन्दा पनि निर्वाचनमा जानेमा छ । ओलीले आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्थासमेत नभएको कांग्रेस नेताहरूलाई बताएका छन् । ‘मैले संसद्‍बाट विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔं । मिलेर जाँदा पनि फाइदा हुने तपाईंहरूलाई नै हो,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्री ओली कांग्रेस सरकारमा आउला र विश्वासको प्रस्तावको पक्षमा मतदान गर्ला भन्ने अपेक्षा राखेर बूढानीलकण्ठ पुगेका थिएनन् । बरु, वैकल्पिक सरकार निर्माणका लागि आफ्नै पार्टी एमालेका नेता झलनाथ खनाल र माधव नेपाल, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षसँग चलिरहेका गोप्य छलफल र संवादबारे जानकारी पाएरै त्यतातिरको कांग्रेसको ध्यान मोड्दै निर्वाचनको पक्षमा जुट्नका लागि सन्देश दिन गएको कांग्रेस नेताहरूको विश्लेषण छ । कान्तिपुर दैनिकबाट

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल
नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल
अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण जारी
अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको परीक्षण जारी
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
अप्ठ्यारो परे मलाई भन्नुहोस्: प्रधानमन्त्री
अप्ठ्यारो परे मलाई भन्नुहोस्: प्रधानमन्त्री
मीनबहादुरवाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध
मीनबहादुरवाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
कालिकोटमा बाढी पहिरोमा परी बेपत्ता भएका मध्ये ६ जनाको शव फेला
पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय
पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय
सेयर बजार परिसूचक १०१ ले बढ्यो
सेयर बजार परिसूचक १०१ ले बढ्यो

तपाईंले छुटाउनुभयो कि?