मीनबहादुरवाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २९, २०८१
|
|
४७ पटक हेरिएको
Shares
मीनबहादुरवाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिएको विषयको पार्टी भित्र विरोध शुरु भएको छ ।
  • एमालेकी केन्द्रीय सदस्य विन्दा पाण्डेले यस घटनालाई पार्टीका पाँच लाख सदस्यको शिर झुकाउने कदम भएको टिप्पणी गर्दै पार्टीलाई मत दिने २८ लाख मतदाताको अपमान समेत भएको बताएकी छन् ।

काठमाडौं । नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिएको विषयको पार्टी भित्र विरोध शुरु भएको छ ।

एमालेकी केन्द्रीय सदस्य विन्दा पाण्डेले यस घटनालाई पार्टीका पाँच लाख सदस्यको शिर झुकाउने कदम भएको टिप्पणी गर्दै पार्टीलाई मत दिने २८ लाख मतदाताको अपमान समेत भएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै समय घर्किनसकेको भन्दै अझैपनि उक्त निर्णय फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेकी छन् ।

उनले लेखेकी छिन्–

साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै ग़लत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्विकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनै पर्छ । समयमै सोचौ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाश दाहालकाे निधनमा नर्भीकका चिकित्सकले के भने ? (भिडियाे सहित)
प्रकाश दाहालकाे निधनमा नर्भीकका चिकित्सकले के भने ? (भिडियाे सहित)
मोदीको २ घण्टा १० मिनेट जनकपुरमा, यस्तो छ तालिका
मोदीको २ घण्टा १० मिनेट जनकपुरमा, यस्तो छ तालिका
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, साताभरमा सुन प्रतितोला ६०० रूपैयाँले बढ्यो
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, साताभरमा सुन प्रतितोला ६०० रूपैयाँले बढ्यो
यूएईमाथि नेपालको १४५ रनको फराकिलो जित
यूएईमाथि नेपालको १४५ रनको फराकिलो जित
घोराहीमा बजार क्षेत्रका सडकमा टेम्पो र अटो रिक्सा चल्न निषेध
घोराहीमा बजार क्षेत्रका सडकमा टेम्पो र अटो रिक्सा चल्न निषेध
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने
माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने
हाँस्य कलाकार राष्ट्रपतिमा : भारी मतले जिते
हाँस्य कलाकार राष्ट्रपतिमा : भारी मतले जिते
कोरोना संक्रमणबाट आज मृत्यु भएका ४ जना को को (विवरणसहित)