विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पछि पारे जेफ बेजोसले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
२० पटक हेरिएको
Shares
विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पछि पारे जेफ बेजोसले

सारांश

  • एजेन्सी ।
  •  विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई अमेजन इंकका जेफ बेजोसले पछाडि पारेका छन्।
  • मंगलबार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा भएको भारी वृद्धिसँगै कम्पनीका कोफाउन्डर जोसेफ विश्वकै धनी व्यक्ति बनेका छन्।

एजेन्सी । विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई अमेजन इंकका जेफ बेजोसले पछाडि पारेका छन्।

मंगलबार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा भएको भारी वृद्धिसँगै कम्पनीका कोफाउन्डर जोसेफ विश्वकै धनी व्यक्ति बनेका छन्।

माइक्रोसफ्ट कम्पनीका बिल गेट्स अब दोस्रो स्थानमा पुगेका छन्।

ब्लुमबर्ग बिलेनियरको रिपोर्टअनुसार मंगलबार अमेजनको सेयर १.३ प्रतिशतले बढ्यो। योसँगै बेजोसको कुल सम्पत्ति ९०.९ अर्ब डलर पुगेको छ।

त्यहीँ बिल गेट्सको कुल सम्पत्ति ९०.७ अर्ब डलर रह्यो। गेट्स सन् २०१३ देखि लगातार विश्वका धनी सूचीमा एक नम्बरमा थिए। चार वर्षपछि उनलाई बेजोसले पछाडि पार्न सफल भएका हुन्।

सन् २०१७ को सुरुवातमा बेजोस विश्वका चौथा धनी व्यक्ति थिए। अहिले उनले वारेन बफेट र अमान्सियो आर्टिगोलाई पनि पछि पार्दै ठूलो छलाङ मार्न सफल भए।

रिपोर्टका अनुसार हाल विश्वकै धनी ५ व्यक्ति यी हुन्ः

जेफ बेजोसः ९०.९ अर्ब डलर
बिल गेट्सः ९०.७ अर्ब डलर
अमान्सियो आर्टिगोः ८२.७ अर्ब डलर
वारेन बफेटः ७४.५ अर्ब डलर
मार्क जुकरवर्गः ७०.५ अर्ब डलर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?