राहदानी वितरण अनिश्चितकालका लागि बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २०, २०७९
|
|
५९ पटक हेरिएको
Shares
राहदानी वितरण अनिश्चितकालका लागि बन्द

सारांश

  • काठमाडौं ।
  • देशैभर राहदानी (पासपोर्ट) छपाइ तथा वितरणको काम बन्द भएको छ ।
  • राहदानी विभागको सिस्टममा आएकाे समस्याका कारण देशैभर राहदानी वितरणको काम पुस १९ गतेदेखि अनिश्चितकालका लागि बन्द भएकाे हाे ।

काठमाडौं । देशैभर राहदानी (पासपोर्ट) छपाइ तथा वितरणको काम बन्द भएको छ । राहदानी विभागको सिस्टममा आएकाे समस्याका कारण देशैभर राहदानी वितरणको काम पुस १९ गतेदेखि अनिश्चितकालका लागि बन्द भएकाे हाे ।

पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै विभागले राहदानी छपाइ र वितरणकाे काम राेकेकाे थियाे । विभागले पुस १९ गतेदेखि अनिश्चितकालका लागि काम बन्द गरेकाे छ ।

सिस्टममा समस्या आएकाले अर्काे सूचना जारीनभएसम्मका लागि राहदानी आवेदनकाे स्टाटस हेर्ने तथा राहदानी वितरणको काम रोकिएको विभागले मंगलबार सूचनामार्फत जानकारी दिएकाे छ ।

समस्या समाधानका लागि निरन्तर काम भइरहेकाे र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने सूचनामा उल्लेख छ । विभागले आवेदनकाे स्टाटस हेर्ने तथा राहदानी वितरणकाे सेवा लिनका लागि अर्काे सूचना जारी नभएसम्म कार्यालयमा उपस्थित नहुन भनेकाे छ ।

राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने सूचनामा उल्लेख छ ।

(valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा ४२५ कोरोना संक्रमित थपिए आइतबार
नेपालमा ४२५ कोरोना संक्रमित थपिए आइतबार
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
बाबुराम भट्टराई पनि काठमाडौं आउँदै !
बाबुराम भट्टराई पनि काठमाडौं आउँदै !
रु छ करोडको लगानीमा बिरामी आवास भवन
रु छ करोडको लगानीमा बिरामी आवास भवन
लोकतन्त्रको मर्म अनुसार सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्रीको आग्रह
पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै दिपेन्द्र अधिकारी सम्मानित
पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै दिपेन्द्र अधिकारी सम्मानित
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा
काठमाडौँमा बिहिवार ४४५ कोरोना संक्रमित पुष्टि