राष्ट्रियसभाका लागि दल दर्ता आजसम्म : एमाले–माओवादी अझै चूप
सारांश
- काठमाडौं, २८ पुस ।
- राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय आजसम्म मात्रै छ ।
- बिहीवार अबेरसम्म १० वटा राजनीतिक दल मात्रै दर्ता भएका छन् ।
काठमाडौं, २८ पुस । राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय आजसम्म मात्रै छ । बिहीवार अबेरसम्म १० वटा राजनीतिक दल मात्रै दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार बिहीबार रातिसम्म १० वटा दलले दल दर्ता गराएका हुन् । प्रमुख तीन दलमध्ये कांग्रेसले दल दर्ता गराइसकेको छ । तर, एमाले र माओवादी केन्द्रले भने अहिलेसम्म दल दर्ता गराएका छैनन् । शुक्रबार कार्यालय समयभित्र नाम दर्ता गराउने दलले मात्रै राष्ट्रियसभा चुनावमा भाग लिन पाउने प्रवक्ता ढकालले बताए ।
आयोगले पुस १४ गते सूचना प्रकाशित गरी २०७४ असार मसान्तसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई राष्ट्रियसभा निर्वाचनका लागि आजसम्म दल दर्ताको आह्वान गरेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया