नेकपा विवादः प्रचण्ड ब्याक भएपनि माधव नेपाल नहुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १४, २०७७
|
|
५४ पटक हेरिएको
Shares
नेकपा विवादः प्रचण्ड ब्याक भएपनि माधव नेपाल नहुने

सारांश

  • काठमाडौं, १४ साउन ।
  • नेपाल कम्युनिस्ट पार्टीभित्र सहमति निर्माणका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् ।
  • उनी हिजो साँझ आफै उपाध्यक्ष बामदेव गौतमको निवास पुगेर डिनरसहितको छलफल गरे ।

काठमाडौं, १४ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र सहमति निर्माणका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । उनी हिजो साँझ आफै उपाध्यक्ष बामदेव गौतमको निवास पुगेर डिनरसहितको छलफल गरे ।

गौतमले नेकपामा सहमतिका लागि छ बुँदे प्रस्ताव अगाडि सारेपछि उत्साही भएका ओलीले त्यसमा सहमतिको सन्देश पनि दिएका छन् । उनले सहमतिका लागि आफू लचिलो बन्न तयार भएको भन्दै गौतमलाई एकतावद्ध भएर बढ्ने माहोल तयार गर्न समेत भनेको बुझिएको छ ।
ओलीको राजीनामा मागिरहेको समुहबाट बामदेवको फरक धारणा आएको छ । अब राजीनामाको पक्षमा सचिवालयका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ मात्र बाँकी रहेका छन् । राजीनामाको विपक्षमा सचिवालयमा पल्लाभारी भएको छ ।

ओलीले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको सम्पूर्ण काम गर्ने गरी प्रस्ताव पठाउँदै आएका छन् । त्यसका लागि राजीनामाको मागबाट पछि हट्नुपर्नेछ । एकपटक प्रचण्ड यसमा लचिलो पनि भएका थिए । तर, फेरि धारणा बदले । यसमा मुख्य कारण माधव नेपाल थिए ।

माधव नेपाल भने सचिवालयका अन्य नेताहरु ओलीको राजीनामा नमाग्ने पक्षमा उभिएपनि आफू सशक्त रुपमा प्रस्तुत हुने पक्षमा पगेका छन् । उनी निकट स्रोतका अनुसार ओलीको सरकारबाट बर्किगमनको एजेन्डाबाट माधव नेपाल टसमस हुनेछैनन् ।

पार्टी बैठकबाट नै ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्नुपर्ने पक्षमा माधव नेपाल रहेका छन् । तर, प्रचण्डले सकेसम्म सहमतिबाट अगाडि बढ्ने भन्दै संयमता अपनाउन भनेबाट निर्णय रोकिएको छ । यसरी प्रचण्ड ओलीको राजीनामाबाट ब्याक भएपनि माधव नेपाल ब्याक नहुने गरी अडानका साथ बस्ने रणनीति बनाएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै परिवारका ४ जनाले नदीमा हाम फाले, ३ जना बेपत्ता
एकै परिवारका ४ जनाले नदीमा हाम फाले, ३ जना बेपत्ता
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्वासी
मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्वासी
मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन
मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
पानीको बिषयलाई लिएर झगडा हुँदा एक व्यक्तिको हत्या
रुपन्देहीका अधिकांश  क्षेत्रमा मतदान सुरु
रुपन्देहीका अधिकांश क्षेत्रमा मतदान सुरु
मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना :  श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा
मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना : श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा
कांग्रेस बिरूद्ध वाईसीएल नेपालले प्रतिवाद गर्ने
कांग्रेस बिरूद्ध वाईसीएल नेपालले प्रतिवाद गर्ने
ट्विट्टर् पनि साइबर आक्रमणमा : अन्य प्रख्यात ‘साइट’ प्रभावित
ट्विट्टर् पनि साइबर आक्रमणमा : अन्य प्रख्यात ‘साइट’ प्रभावित