यी खोप केन्द्रबाट आज दोस्रो डोजको खोप लगाइदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ११, २०७८
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • भदौ ११।
  • आजदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन सुरु भएको छ ।
  • १३ गतेसम्म जारी रयो अभियानबाट तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाईने छ ।

भदौ ११। आजदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन सुरु भएको छ । १३ गतेसम्म जारी रयो अभियानबाट तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाईने छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् ।

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अन्यलाई पनि खोप दिइनेछ ।

काठमाडौंका सबै स्थानीय तहमा १४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमार्डौं महानगरपालिकामा बस्न सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्र थपिएका छन् । जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामु प्रधानन्यायाधीशद्वारा आफ्नो प्रमाणपत्रको निष्पक्ष र स्वतन्त्र छानविनको माग
कामु प्रधानन्यायाधीशद्वारा आफ्नो प्रमाणपत्रको निष्पक्ष र स्वतन्त्र छानविनको माग
मन्त्रीकाे कार्यक्रममा पत्रकारलाइ जानकारी नदिएपछि…
मन्त्रीकाे कार्यक्रममा पत्रकारलाइ जानकारी नदिएपछि…
ललितपुरको मतगणनामा विवाद, वडा नम्बर १५ मा बढी मत भेटियो
ललितपुरको मतगणनामा विवाद, वडा नम्बर १५ मा बढी मत भेटियो
८ महिनापछि बाहिरिए देउवा, इतिहासमै सबैभन्दा धेरै मन्त्री
८ महिनापछि बाहिरिए देउवा, इतिहासमै सबैभन्दा धेरै मन्त्री
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
महायज्ञको दोस्रो दिन डेढ लाख वढी रकम संकलन
राजपालाई चुनाव ल्याउनु नै सरकारको ठूलो सफलता हुनेछः मन्त्री मण्डल
राजपालाई चुनाव ल्याउनु नै सरकारको ठूलो सफलता हुनेछः मन्त्री मण्डल
बैतडीका प्रमुखदलले उम्मेदवार सिफारिस गरे
बैतडीका प्रमुखदलले उम्मेदवार सिफारिस गरे
‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड
‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड
सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, आर्थिक विकास र समृद्धि अबको मार्गचित्र !
सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, आर्थिक विकास र समृद्धि अबको मार्गचित्र !

तपाईंले छुटाउनुभयो कि?