नेपाल मलेसियाबीचको खेल वर्षाले प्रभावित, सेमीफाइनलको समिकरण के छ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
नेपाल मलेसियाबीचको खेल वर्षाले प्रभावित, सेमीफाइनलको समिकरण के छ?

सारांश

  • काठमाडौं, २८ कार्तिक ।
  • एसीसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत आयोजक मलेसियासँग हुने खेल वर्षाको कारण प्रभावित बनेको छ।
  • समूह चरणको अन्तिम खेल वर्षाको कारण वायुमास ओभलमा टस समेत हुन सकेको छैन।

काठमाडौं, २८ कार्तिक । एसीसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत आयोजक मलेसियासँग हुने खेल वर्षाको कारण प्रभावित बनेको छ। समूह चरणको अन्तिम खेल वर्षाको कारण वायुमास ओभलमा टस समेत हुन सकेको छैन।

एसियाली क्रिकेट काउन्सिलकाअनुसार खेल हुने मैदानमा वर्षा भईरहेको र वर्षा रोकिएपछि मात्र खेल संचालन हुनेछ ।

एसिया कपको समूह ए मा रहेको नेपाल अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै सेमीफाइनलमा पुग्ने लक्ष्य लिएको छ। लगातार दुई खेलमा पराजित भएको मलेसिया अंक तालिकामा पुच्छारमा रहेको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक विनोद दासले मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने बताएका छन् । उनले भने “हाम्रो लक्ष्य भनेको उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्ने हो । हाम्रो लागि भारत र बंगलादेशको खेलले पनि महत्व राख्छ । तर, हामी पहिलो इनिङ्स राम्रो गर्नेछौं । हामी उत्कृष्ट जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छौं । किनकी हामी पनि बलियो टिम हो भन्ने सन्देश दिन चाहन्छौं ।”

एसिया कपको सेमिफाइनल पुग्नका लागि पनि नेपाललाई जित्नैपर्ने दबाब छ । मलेसियालाई भारी अन्तरले पराजित गरेको खण्डमा नेपालको सेमिफाइनल यात्रा बलियो हुनेछ ।

समूह ए मा रहेको नेपाल एक खेलमा जित र एक खेलमा हार बेहोर्दै तेस्रो स्थानमा छ ।

कठिन मानिएको समूहमा रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा भारतलाई १९ रनले पराजित गरेर नेपाली युवा टिमले इतिहास रचेको थियो  । टेष्ट राष्ट्र भारतलाई नेपालले पहिलो पटक पराजित गरेको हो  ।

नेपाली सेमीफाइनल यात्रा

हिजो मलेसियासँगको खेलमा फराकिलो जित हासिल गरेको बंगलादेश अंक तलिकाको पहिलो स्थानमा उक्लेको छ भने भारत नेट रनरेटको आधारमा दोश्रो स्थानमा छ l

– आज भारत – बंगलादेश तथा मलेसिया – नेपाल बीच दुवै खेल बराबरीमा रोकिए भारत-बंगलादेश सेमीफाइनल पुग्नेछ। यदी नेपाल – मलेसियाको खेल नेपालले जित्छ र भारत र बंगलादेश बीच खेल बराबरीमा रोकिए नेपाल सेमीफाइनल पुग्नेछ।

– बंगलादेश आज भारतलाई पराजित गरे र नेपालले मलेशियालाई पराजित गरे नेपाल र बंगलादेश दुवै सेमीफाईनल प्रबेश गर्नेछन्।

भारतले आज बंगलादेश पराजित गरेको खण्डमा नेपाल सेमीफाईनलमा प्रबेश गर्न आज मलेसियालाई ठूलो अन्तरले पराजित गर्न पर्नेछ। मलेशिया भारतसँग २०२ रनले र बाङ्लादेशसँग २६२ रनले पराजित भएको थियो। साथै भारतले बंगलादेशलाई ठुलो अन्तरले पराजित गरे नेपाललाई नेट रन रेटको आधारमा बाङ्लादेश वा भारतलाई उछिन्न्न मद्दत पुग्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?