समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सारांश

  • काठमाडौँ, ३० साउन ।
  • प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।
  • नेपाली काँग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

काठमाडौँ, ३० साउन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका भरतकुमार शाहले सप्ताह भन्ने पण्डितदेखि सर्वसाधारणसम्मलाई करको मारमा पारिएको गुनासो गर्दै करका कारण सङ्घीयता जोखिममा नपरोस् भनेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका भुपेन्द्रबहादुर थापाले वर्षाका कारण बेनी–जोमसोम बाटो अवरुद्ध भएकाले त्यसलाई खुलाउन आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका महेश्वरजंग गहतराजले मधेश आन्दोलन र जनआन्दोलनका घाइतेको भरणपोषणको प्रबन्ध गर्न माग गरेका छन् ।

नेपाली काँग्रेसका मीना सुब्बाले जनतालाई महसुस हुने गरी मन्त्रिपरिषद्का सदस्यबाट काम प्रारम्भ भएकामा अहिले त्यो सुस्ताएको आरोप लगाइएकाे छ। सोही पार्टीका रंगमती शाहीले हुम्ला र डोल्पामा शिक्षक सेवा आयोगको परीक्षा केन्द्र तोक्न आग्रह गरेका छन् ।

नेपाली काँग्रेसका राजेन्द्र केसीले त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक समस्या समाधान गर्न सकारसँग माग गर्नुभयो । सोही पार्टीका रामबहादुर विष्टले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी टयाङ्कीमा विषादी मिसाउनेमाथि कारबाहीको माग गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका रेखा शर्माले वर्षायाममा विकास–निर्माणका काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने र निर्माण व्यवसायीलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएकाे छ । सोही पार्टीका लक्ष्मीकुमारी चौधरीले गरीबको परिचयपत्र खास गरीबले नपाएकाले त्यसको छानबिन गर्न माग गरेकि िछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन
विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
आजको मौसमः हिमाली भू-भागमा हिमपात र तराईमा हुस्सु लाग्ने सम्भावना
आजको मौसमः हिमाली भू-भागमा हिमपात र तराईमा हुस्सु लाग्ने सम्भावना
हरेक वडामा फ्री वाइफाइ !
२१६ जना कोरोना संक्रमित थपिए शनिवार काठमाडौँमा
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
कस्तो बाइक बनाए यी भारतीयले ? दुध बोक्ने भाँडा पेट्रोल ट्यांकी
संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष
संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष
कोरोनाबाट आज १ जनाको मृत्यु
कोरोनाबाट आज १ जनाको मृत्यु
दोस्रो चरणको जागरण अभियानको घोषणा गर्दै कांग्रेस
दोस्रो चरणको जागरण अभियानको घोषणा गर्दै कांग्रेस

तपाईंले छुटाउनुभयो कि?