‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
२० पटक हेरिएको
Shares
‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड

सारांश

  • काठमाडौं, माघ ३ ।
  • प्रचण्डको सन्देश बजार अनुमानभन्दा ठीक उल्टोस स्वास्थ्य परीक्षणको सिलसिलामा बैंकक पुगेका एमाले अध्यक्ष केपी ओली पूर्वनिर्धारित समयभन्दा थप केही समय उतै आराम गरेर बस्नुपर्ने ।
  • यस्तोमा बिरामीको उपचार औषधीले मात्र हैन, राम्रा, मीठा खबर र आफन्तको ममताले पनि हुन्छ ।

काठमाडौं, माघ ३ । प्रचण्डको सन्देश बजार अनुमानभन्दा ठीक उल्टोस स्वास्थ्य परीक्षणको सिलसिलामा बैंकक पुगेका एमाले अध्यक्ष केपी ओली पूर्वनिर्धारित समयभन्दा थप केही समय उतै आराम गरेर बस्नुपर्ने । यस्तोमा बिरामीको उपचार औषधीले मात्र हैन, राम्रा, मीठा खबर र आफन्तको ममताले पनि हुन्छ । त्यही भएको छ, प्रचण्डको बोली केपीका लागि ।

आइतबार बेलुकी वाम गठबन्धन निर्माणका दुई सक्रिय सूत्रधार जनार्दन शर्मा र विष्णु पौडेललाई प्रचण्डले खुमलटार बोलाएर उनीहरुमार्फत केपीलाई खबर पठाएका छन्, ‘मेरो कारणले उहाँहरुलाई अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु ।’

उनले अगाडि भनेका छन्, ‘संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री उहाँलाई नै मान्न तयार छु । हामी मानसिक रुपमा एक भइसकेका छौं । यसबीच धेरै खेल भएका छन् । सबै खेलबारे हामी जानकार नै छौं । यदि स–साना कुरामा अल्मलिएर नमिल्ने बाटोतिर लाग्यौं भने प्राप्त उपलब्धि पनि गुम्ने खतरा हुन्छ ।’ यो खबर शिखरन्यूजको लागि हामीले आजको जनआस्था साप्ताहिकबाट लिएका हौं ।

यसबीच, निर्वाचनपूर्व वाम गठबन्धनसँग बिच्किएर कांग्रेसको लोकतान्त्रिक गठबन्धनतिर गएका डा.बाबुराम भट्टराई केही दिनयता एमाले–माओवादीसँग बिग्रँदो सम्बन्ध सुधारको प्रयत्नमा छन् । अर्थात, उनी त्यही गठबन्धनभित्र आफ्नो स्पेश खोज्दै छन् । यसका लागि लञ्च, डिनर र चिया संवादहरु थालेका छन् । र, माओवादीका केही बिमार नेतालाई रात्रिभोजमा बोलाइरहेका छन् ।

वाम गठबन्धनले सरकार बनाउनुपूर्व नै पार्टी एकतालाई मूर्तता दिने भनिएको छ । वामवृत्तमा प्रचण्डले साँच्ची नै निकास दिन्छन् भन्ने मान्यता विकास भएको छ । चिन्ता छ, मुख्यतः दोस्रो, तेस्रो तहका नेताको व्यवस्थापन । तर, त्यो पनि प्रचण्डले हाँसी–हाँसी नै मिलाउँछन् भन्दैछन्, वाम अगुवाहरु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?