नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
६१ पटक हेरिएको
Shares
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा

सारांश

  • काठमाडौ २३,पुष।
  • अख्तियारदुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ ।
  • अख्तियारले अकुत सम्पत्ति कमाएको आरोप लगाउदै खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार बिगो दावीसहित विशेष अदालतमा आज मुद्धा दायर गरेको छ ।

काठमाडौ २३,पुष।अख्तियारदुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ ।अख्तियारले अकुत सम्पत्ति कमाएको आरोप लगाउदै खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार बिगो दावीसहित विशेष अदालतमा आज मुद्धा दायर गरेको छ ।

अख्तियारले निजको आम्दानी पारिश्रमिकबाट ४० लाख ५७ हजार, जग्गा बिक्रिबाट ५८ लाख ७५ हजार सापटीबाट ५ करोड ३३ लाख, घर भाडाबाट १३ लाख ५६ हजार, अवकाश हुदा २ लाख २२ हजार, पेन्सनबाट १४ लाख ७८ हजार, रेमिटेन्सबाट ८ लाख २६ हजार, गाडी बिक्रिबाट ३५ लाख, छोरा बुहारीको पारिश्रमिकबाट ११ लाख गरी ७ करोड ४४ लाख तथा अन्य विभिन्न शिर्षकमा १ करोड २० लाख गरी कुल ८ करोड ६४ लाख आम्दानी देखिएको उल्लेख गरेको छ ।

साथै २०६९ साल चैत्र देखि अनुसन्धान अवधि भरमा पुर्ख्यौली घर बाहेक ३ घर निर्माण तथा खरिद गरेको, काठमाडौँ, ललितपुर र भक्तपुरमा ११ कित्ता जग्गा किनेको, घर जग्गा खरिदमा ११ करोड ६१ लाख खर्च गरेको उल्लेख गरेको छ । त्यस्तै अख्तियारले विभिन्न कम्पनीको सेयर एक करोड ६ लाख, ऋणको ब्याज भुक्तानीमा ४ करोड २२ लाख, सापटी दिएको एक करोड २५ लाख, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोगमा एक करोड १७ लाख, बिभिन्न बैंक तथा सहकारीमा गरी कुल २५ करोड २८ लाख लगानी गरेको देखिएको अख्तियारले जानकारी दिएको छ ।

(fii-institute)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?