८ महिनापछि बाहिरिए देउवा, इतिहासमै सबैभन्दा धेरै मन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
|
२० पटक हेरिएको
Shares
८ महिनापछि बाहिरिए देउवा, इतिहासमै सबैभन्दा धेरै मन्त्री

सारांश

  • काठमाडौं, ४ फागुन – आफ्नो आठमहिने कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निर्वाचन, प्रदेश सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयन गराउन सफल भए ।
  • यस अर्थमा प्रधानमन्त्रीको कार्यकाल सफल भएको छ ।
  • आफैंले गराएको निर्वाचनमा पराजित भएपछि पनि उनले नीतिगत र दीर्घकालीन असर पर्ने प्रशासनिक निर्णय गर्न कत्ति पनि संकोच मानेनन् ।

काठमाडौं, ४ फागुन – आफ्नो आठमहिने कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निर्वाचन, प्रदेश सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयन गराउन सफल भए । यस अर्थमा प्रधानमन्त्रीको कार्यकाल सफल भएको छ ।

आफैंले गराएको निर्वाचनमा पराजित भएपछि पनि उनले नीतिगत र दीर्घकालीन असर पर्ने प्रशासनिक निर्णय गर्न कत्ति पनि संकोच मानेनन् । खासगरी लामो समयदेखि रोकिएका नियुक्तिका निर्णय गर्न र आर्थिक सहायता वितरण गर्न पनि उनले यही समय रोजे । आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगाना र मधुसुधन भट्टराईले खबर लेखेका छन् ।

यही काममा उनले निर्वाचनअगाडि ध्यान दिन सकेको भए उनको दलको प्रतिष्ठा बढ्ने थियो । तर, पराजयको जिम्मा लिनुको सट्टा सुशासनमा सम्झौता गर्दा उनको छवि थप धुमिल भएको छ ।

देउवाद्वारा राजीनामा, आजै बालुवाटार छोड्ने
बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर देउवाले शुक्रबार नै सरकारीनिवास बालुवाटार छोड्ने तयारी गरेका छन् । उनी बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानेछन् ।

‘देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले शुक्रबार बिहान बालुवाटार छोडेर उहाँ बूढानीलकण्ठस्थित निजी निवासमा जानुहुन्छ,’ देउवाका प्रेस संयोजक गोविन्द परियारले भने ।

१.  देशको इतिहास सबैभन्दा धेरै मन्त्री
प्रधानमन्त्रीका रूपमा देउवाले ०५२ मा ५२ जनासम्मलाई मन्त्रिपरिषद्मा अटाएर इतिहास बनाएका थिए । आफ्नै इतिहास तोड्दै यसपालि उनले ६४ जनालाई मन्त्री बनाए ।

२.  इतिहासमै धेरै विनाविभागीयमन्त्री 
देउवा मन्त्रिपरिषद्मा १५ जना विनाविभागीय मन्त्री भए । खासमा सरकारमा कांग्रेससँग र निर्वाचनमा एमालेसँग मिल्ने माओवादी नीतिले यस्तो अवस्था आएको हो । दुर्भाग्य ! यो सब देउवाकै पाला भयो । अझ तिनै मन्त्रीले प्रधानमन्त्री र सरकारविरुद्ध भाषण गरेको अस्वाभाविक इतिहास पनि दर्ज भयो ।

३.  सामाजिक सुरक्षामा नयाँ घोषणा, तर चुनावपछि
७० वर्षमा वितरण हुँदै आएकोमा देउवाले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने निर्णय गरे । यस्तै, भूकम्पपीडितलाई १ लाख थप गरेर ४ लाख अनुदान दिने निर्णय गरे । ढुकुटीमा करिब १ खर्ब ६ अर्ब भार बढाउने निर्णय देउवाले निर्वाचन हारेपछि मात्र गरे, खर्च कुन स्रोतबाट गर्ने भन्ने देखाएनन् ।

४.  सदाचारको निर्णय गरेर विदेश भ्रमणमा करोडौँ
पहिलो निर्णयस्वरूप राष्ट्रिय सदाचार नीति ल्याउने घोषणा गरेका देउवाले ८ महिनामा विदेश भ्रमणमा मात्र करिब १८ करोड खर्च गराएका छन् । उनले करिब १५ सय कर्मचारी विदेश भ्रमणमा पठाए । आर्थिक सहायताका नाममा करिब २५ सय आफ्ना कार्यकर्तालाई करिब ४० करोड वितरण गरे ।

५.  निर्वाचन आचारसंहिताको उल्लंघन : नियुक्ति र सरुवा
निर्वाचन आयोगका अनुसार सरकारले १४ भदौदेखि ११ मंसिरसम्म आचारसंहिताविपरीत ५७ वटा राजनीतिक नियुक्ति, १२० करार नियुक्ति, १ सय १२ वटा सरुवा, २ सय ५२ काज सरुवा ग¥यो । एकैदिन एकै जिल्लामा तीनवटा सरुवा गर्ने काम पनि उनले गरे ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Ram Prsad Bashyal

    Yini dherae PM huda desh barbad bho, khattam bho !!! Nahunu bho!!!

    Comment Author

    Laxmi Upreti

    1st and last

    Comment Author

    Ananda Bajracharya

    सरकारी लुटेरा।

    Comment Author

    Gyanendra Dewan Rai

    Kam xaina

    Comment Author

    Ramesh Kumar

    Desh lai grahan lageko thiyo balla hatyo rastra ghati

    Comment Author

    Bir Bahadur Kc

    मरे पनि हुन्छ साले कुत्ता

    Comment Author

    ParsuRam Sapkota

    yo budo aba nepal maa pm.hunu pardina …..

    Comment Author

    Prasant Shrestha

    Kukur machikni randi ko xora sere

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?