बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १२, २०७८
|
|
१९ पटक हेरिएको
Shares
बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा

सारांश

  • एजेन्सी ।
  • बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको छ ।
  • सेनाका ट्यांकर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ ।

एजेन्सी । बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको छ ।

सेनाका ट्यांकर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ । बेलायतका व्यापारमन्त्री क्वासी कोर्टनले आफूहरुसँग पर्याप्त आपूर्ति रहेको बताउँदै केही दिनमा आपूर्ति सहज हुने बताउनुभयो ।

तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन् । तर मोटरीङ ग्रुप आरएसीका अनुसार केही किराना व्यापारीहरूले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन् ।

यता मन्त्रीहरूले भने आवश्यकता नभएका मानिसले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन् । लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशंकाका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए ।

सरकारले ट्यांकर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ । बिपी र सेलजस्ता ठूला उत्पादकहरूले बेलायतका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
माओवादी केन्द्र दाङ पनि राजधानी माग्ने आन्दोलनमा
माओवादी केन्द्र दाङ पनि राजधानी माग्ने आन्दोलनमा
संविधान सिध्याउन सत्ताधारी सक्रिय : एमालेले कडा प्रतिवाद गर्ने !!!
संविधान सिध्याउन सत्ताधारी सक्रिय : एमालेले कडा प्रतिवाद गर्ने !!!
आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल
आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक : प्रधानमन्त्री दाहाल
कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणविरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’
कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणविरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’
एसइईमा १४ हजारले ल्याए ‘ए प्लस’, आंशिकतर्फ शून्य
एसइईमा १४ हजारले ल्याए ‘ए प्लस’, आंशिकतर्फ शून्य
राजदूत नियुक्ति र फिर्ताको तयारी, क कस्को भो जागीर चट्?
राजदूत नियुक्ति र फिर्ताको तयारी, क कस्को भो जागीर चट्?
अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना
अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना
खतरामा लुम्बिनी !
खतरामा लुम्बिनी !
‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा
‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

तपाईंले छुटाउनुभयो कि?