अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ७, २०८१
|
|
५२ पटक हेरिएको
Shares
अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना

सारांश

  • काठमाडौं।
  • नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ।
  • पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ।

काठमाडौं। नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आजदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ। भोलि सोमबार भने अझै बढ्ने देखिएको उनले बताइन्। त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौंसम्म आइपुग्ने उनले बताइन्।

मौसमविद् कँडेलले भनिन्, “पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौंमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुनसक्ने छ, चिसो पनि केही बढ्ने छ।” प्रणाली लुम्बिनीमा आइपुग्दा भने कमजोर हुने र त्यसको सामान्य असरमात्रै पूर्व तथा मध्यतिर पर्ने जनाइएको छ। यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ।

बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

यसअघि यही मंगर २९ गते यो वर्षकै अत्यधिक चिसो भएको थियो। त्यस दिन काठमाडौंको तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Skapa personligt konto

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
किन जाँदैछन् प्रधानमन्त्री भियतनाम र कम्बोडिया !
किन जाँदैछन् प्रधानमन्त्री भियतनाम र कम्बोडिया !
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा
अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या
अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
बसले मोटरसाइकल हान्दा २ जनाको मृत्यु
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय
छ वर्षीया बालिका जइनबको बलात्कार तथा हत्या अभियोग लागेका पुरूषलाई मृत्युदण्ड
छ वर्षीया बालिका जइनबको बलात्कार तथा हत्या अभियोग लागेका पुरूषलाई मृत्युदण्ड
आजको राशीफल
आजको राशीफल

तपाईंले छुटाउनुभयो कि?