प्रदेश १ को नाम के राख्ने ? स्थानीयले प्रस्ताव राख्न थाले

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रदेश १ को नाम के राख्ने ? स्थानीयले प्रस्ताव राख्न थाले

सारांश

  • अस्बिन खडका, फागुन ३०- नेपालको पूर्वमा रहेको प्रदेश नम्बर १ को नाम राख्ने विषयमा बहस शुरु हुन लागेको छ ।
  • प्रदेशको नाम राख्ने विषयमा फरक फरक नामका लागि बहस शुरु भएको हो ।
  • यस प्रदेशमा नामकै लागि दिनहुँजसो दबाबमूलक कार्यक्रम पनि हुन थालेका छन् ।

अस्बिन खडका, फागुन ३०- नेपालको पूर्वमा रहेको प्रदेश नम्बर १ को नाम राख्ने विषयमा बहस शुरु हुन लागेको छ । प्रदेशको नाम राख्ने विषयमा फरक फरक नामका लागि बहस शुरु भएको हो ।

यस प्रदेशमा नामकै लागि दिनहुँजसो दबाबमूलक कार्यक्रम पनि हुन थालेका छन् । नामका लागि मुख्यमन्त्री शेरधन राईलाई बिन्तीपत्र समेत बुझाइसकेका छन् । आफूलाई मनपर्ने नाम प्रदेशको राख्न आग्रह गर्दै बिन्तिपत्र बुझाएका हुन् ।

सप्तकोशी, सगरमाथा, लिम्बुवान, थरुहट, किराँत नाम राख्नका लागि पहल र छलफल भैरहेका छन् ।  त्यसैगरी प्रदेशको राजधानीको नाम राख्न बिषयमा छलफल समेत भईरहेको छ । अस्थायी राजधानीको रुपमा विराटनगरबाट प्रदेशको काम शुरु भैसकेको छ । विराटनगरमा जिल्ला समन्वय समितिको कार्यालयबाट मुख्यमन्त्रीले काम गरिरहेका छन् ।

भौतिक संरचना धेरै नभएपनि बिराटनगरमा कार्यालय राखी मुख्यमन्त्रीले सबैलाई पायक पर्ने ठाँउ छानेर भौतिक संरचना निर्माण गर्ने मुख्यमन्त्री राईले बताएका छन् । सबै जातजाति र क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी नाम राख्न दबाब बढेको छ ।

प्रदेश १ नम्बर प्रदेशको नाम किराँत राज्य नामाकरण गर्न उदयपुरमा हस्ताक्षर कार्यक्रम सुरु भैसकेको छ । उदयपुरमा स्थानीय किराँत समुदायले सदरमुकाम गाईघाटको पीपलचोकमा कार्यक्रम गर्दै हस्ताक्षर अभियान शुरु भएको नेकपा माओबादी केन्द्रका बिमल किराँतीले जानकारी दिए ।

देश संघीयतामा गइसकेकाले जातिय तथा क्षेत्रीय रुपमा विवाद हुने नाम राख्न नहुने एमालेका नेताले बताए । कुनै एउटा जातलाई भन्दा सबैलाई मान्य हुने नाम राख्नुपर्नेमा नेताहरुको जोड छ । प्रदेश १ को नाम सप्तकोशी, सगरमाथा राखेमा कसैलाई असर नपर्ने स्थानीय जय नेपाल शाहले बताए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Kamal Budhathoki

    कोसि सगरमाथा प्रदेश

    Comment Author

    Uttam Purush

    सगरमाथा।

    Comment Author

    Shesraj Acharya

    Ucha sikhar sagarmatha hamrai Nepal ma

    Comment Author

    श्री बाग्दाश

    sapta kosi

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?