कतारमा काभ्रेली समाजको सास्कृतिक कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
कतारमा काभ्रेली समाजको सास्कृतिक कार्यक्रम

सारांश

  • कतार, २२ कार्तिक।
  • कतारमा सक्रिय काभ्रेली समाजले प्रथम स्थापना दिवसको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
  • आगामी शनिबार ग्रान्ड महल सनैयास्थित एमआरए रेस्टुरेन्टमा सो कार्यक्रम आयोजना गर्न लागेको समाजका पदाधिकारीहरुले बताए।

कतार, २२ कार्तिक। कतारमा सक्रिय काभ्रेली समाजले प्रथम स्थापना दिवसको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

आगामी शनिबार ग्रान्ड महल सनैयास्थित एमआरए रेस्टुरेन्टमा सो कार्यक्रम आयोजना गर्न लागेको समाजका पदाधिकारीहरुले बताए।

सो कार्यक्रममा विभिन्न नृत्य, गायन तथा नाटक प्रस्तुत हुने समाजका अध्यक्ष नन्द ढुंगानाले जानकारी दिएका छन्। ‘त्यसैअनुसार कलाकारहरुले आवश्यक तयारी शुरु गर्नु भएको छ’ ढुंगानाले भने।

रोजगारीको सिलसिलमा कतार पुगेका काभ्रेलीहरुले भूकम्प, बाढी-पहिरो लगायत प्राकृतिक विपत्तिको समयमा सहयोग गर्दै आएकोमा पछिल्लो समयमा त्यसलाई संगठित स्वरुप दिन समाजको गठन गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?