एसइईमा १४ हजारले ल्याए ‘ए प्लस’, आंशिकतर्फ शून्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
एसइईमा १४ हजारले ल्याए ‘ए प्लस’, आंशिकतर्फ शून्य

सारांश

  • काठमाडौं, १० असार – गत चैतमा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ।
  • परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए ३.
  • ६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउने विद्यार्थी १४ हजार २३४ जना छन् ।

काठमाडौं, १० असार – गत चैतमा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउने विद्यार्थी १४ हजार २३४ जना छन् ।

ग्रेडिङ प्रणालीअनुसार २०७४ सालको एसइई परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन ।

३.२५ देखि ३.६० जिपिए (ए ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४६ हजार एक सय ३० र जिपिए २.८५ देखि ३.२० (बी प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४९ हजार ३७ छ।

त्यसैगरी ७० हजार ५ सय १२ जनाले जिपिए २.४५ देखि २.८० (बी ग्रेड) ल्याएका छन्। जिपिए २.०५ देखि २.४० (सी प्लस ग्रेड) ल्याउने ६१ हजार ८ सय ७० जना छन् ।

त्यसैगरी१ लाख १ हजार ४३ जनाले १.६५ देखि २.०० (सी ग्रेड) ल्याएका छन्। जिपिए १.२५ देखि १.६० (डी प्लस ग्रेड) ल्याउनेको संख्या ३५ हजार पाँच सय ८४ र जिपिए ०.८५ देखि १.२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६ सय ८८ छ। एक्जाम्टेडतर्फबाट कसैलेले पनि ए प्लस ग्रेड ल्याउन सकेका छैनन्।

यस वर्षको एसइईमा नियमिततर्फ ४ लाख ५१ हजार ५३२ जना परीक्षार्थी सहभागी थिए। तीमध्ये २ लाख २३ हजार ६०१ छात्र र २ लाख २७ हजार ९३१ जना छात्रा रहेका थिए । परीक्षामा एक्जाम्टेडतर्फ २५ हजार १३८ जना सहभागी थिए।

गत वर्षको एसइई परीक्षामा चार लाख ४५ हजार पाँच सय ६४ जना विद्यार्थी सहभागी थिए। तीमध्ये १२ हजार २८४ जनाले ए प्लस ग्रेड ल्याएका थिए। गत वर्षभन्दा ए प्स ग्रेड ल्याउनेको संख्या धेरै छ । तर, परीक्षामा सहभागी विद्यार्थीको संख्या धेरै भएकाले ‘ए प्लस’ ल्याउनेको संख्या केही बढी देखिएको हो ।

कुनैपनि विद्यार्थीले आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा पुनर्योग गर्नसक्ने व्यवस्था छ । विद्यार्थीले प्रतिविषय ५ सय रुपियाँ र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय, सम्बन्धित शिक्षा निर्देशनालय वा शिक्षा विभाग तथा समन्वय इकाईमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवदेन दिनसक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रकले जनाएको छ ।

तर समग्रमा विद्यार्थीले प्राप्त गरेको ग्रेड खस्किएको छ। गत वर्ष जिपिए ०.८५ देखि १.२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ११ हजार दुई सय ८५ थियो। तर यस वर्ष ५८ हजार ६ सय ८८ विद्यार्थीको डी ग्रेड आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?