हिमपातले किसानलाई राहत

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २२, २०७८
|
|
४५ पटक हेरिएको
Shares
हिमपातले किसानलाई राहत

सारांश

  • कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ ।
  • हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठनागरिक र दीर्घ रोगीको दैनिकी कष्टकर बनेको हो ।
  •  हिमपातले अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ ।

कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठनागरिक र दीर्घ रोगीको दैनिकी कष्टकर बनेको हो । हिमपातले अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ । तर, माघ अन्तिममा परेको हिउँले कृषि क्षेत्रलाई ठूलो राहत पुग्ने भएकाले किसान खुसी भएका छन् ।

पातारासीका स्याउ किसान तारा बहादुर बोहराले हिमपातले कर्णालीको हिउँदे बालीलाई निकै फाइदा पुगाउने बताएका छन् । ‘स्याउ बगैँचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ । बिरुवा काँटछाँट र हिउँ संकलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम गरिन्छ । यसले सिँचाई पहुँच नभएको ठाउँमा राहत पुग्छ,’ उनले भने ।

माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिएको छ । विशेष गरी अहिलेको हिउँले स्याउ बगैँचा फाइदा पुग्ने भएकाले स्याउँमा आश्रित जुम्लाका झण्डै १७ हजार घरधुरी लाभान्वित हुने भएका छन् ।

कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी अहिले परेको हिउँलाई संकलन गरी हिउँपोखरी बनाएमा सिँचाइका लागि टेवा पुग्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो रहला आज देशभरको मौसम?
कस्तो रहला आज देशभरको मौसम?
गर्मीको समयमा सेक्स, कतिबेला र कतिपटक गर्ने ?
गर्मीको समयमा सेक्स, कतिबेला र कतिपटक गर्ने ?
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब  प्रहरीकहाँ
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब प्रहरीकहाँ
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)
जनमत पार्टीका पाँच नेता अनुशासन कारबाहीमा
जनमत पार्टीका पाँच नेता अनुशासन कारबाहीमा
२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर
२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर
४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ; प्रहरी
४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ; प्रहरी
साथी भाई सँग टाढा  घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन
साथी भाई सँग टाढा घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन
बालेन शाहको अग्रता कायम नै पछ्याउँदै स्थापित
बालेन शाहको अग्रता कायम नै पछ्याउँदै स्थापित
१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक रु नौ खर्ब
१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक रु नौ खर्ब