प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे, अस्पताल, विद्यालय…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
५० पटक हेरिएको
Shares
प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे, अस्पताल, विद्यालय…

सारांश

  • हेटौडा, ४ जेठ- प्रदेश नम्बर ३ ले बजेट भाषण प्रस्तुत गर्दै प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे गर्ने, प्रत्येक गाउँपालिका, नगरपालिकामा सुविधा सम्पन्न अस्प्ताल, विद्यालय, नमुना विद्युत गृह लगायतका कामलाई अघि सारेको छ ।
  • प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पहिलो प्रदेशसभाको पहिलो सरकार भएकाले प्रदेशको बजेट निर्माण र कायान्वयन दुवै चुनौतिपूर्ण रहेको बताएका छन् ।
  • आर्थिक वर्ष २०७५/२०७६ को बिनियोजन विधेयकका सिद्दान्त र प्रथामिकताको सन्दर्भ को प्रि-बजेट प्रस्तुत गर्दै मन्त्री ढुंगेलले बजेट बनाउन र कार्यान्वयनमा चुनौति भएको बताए ।

हेटौडा, ४ जेठ- प्रदेश नम्बर ३ ले बजेट भाषण प्रस्तुत गर्दै प्रत्येक गाउँपालिका केन्द्रसम्म कालोपत्रे गर्ने, प्रत्येक गाउँपालिका, नगरपालिकामा सुविधा सम्पन्न अस्प्ताल, विद्यालय, नमुना विद्युत गृह लगायतका कामलाई अघि सारेको छ ।

प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पहिलो प्रदेशसभाको पहिलो सरकार भएकाले प्रदेशको बजेट निर्माण र कायान्वयन दुवै चुनौतिपूर्ण रहेको बताएका छन् ।

आर्थिक वर्ष २०७५/२०७६ को बिनियोजन विधेयकका सिद्दान्त र प्रथामिकताको सन्दर्भ को प्रि-बजेट प्रस्तुत गर्दै मन्त्री ढुंगेलले बजेट बनाउन र कार्यान्वयनमा चुनौति भएको बताए ।

बजेटले प्राथमिकतामा सुशासन, आर्थिक विकास, कृषिको आधुनिकीकरण, पर्यटन प्रबद्र्धन , प्रदेशका गौरबका योजना, मुख्यमन्त्री ग्रामीण सडक निर्माण लगायतको बिषयलाई उच्च प्राथमिकतामा राखेका छन्।

बजेटमा अनुदानको बिषयमा सरकार गम्भीर रहेको भन्दै परिणाममुखी अनुदान वितरण , सिमान्तकृत समुदाय लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ। यसका साथै शिक्षा, स्वास्थ्य, सांस्कृतिक धरोहरको बिषयलाइ पनि बजेटमा महत्व दिईएको छ।

बजेटमा प्रदेश ३ को १३ जिल्लामा सदरमुकाम गाउँपालिका केन्द्रसम्म कालोपत्रे, प्रत्येक स्थानीय तहमा सुबिधा सम्पन्न अस्पताल, विद्यालय, नमुना विद्युत गृहका साथै शीत भण्डारकक्ष निर्माण समेतलाई प्राथामिकतामा राखिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बजेट प्रस्तुत गर्दै प्रदेश सरकारले औद्योगिकरणलाइ बढावा दिनुका साथै कृषिलाई निर्यातमुखी बनाउने गरी योजना तर्जुमा गरिएको बताए। अन्तमा उनले प्रत्येक मन्त्रालयले प्रथामिकतामा राखेका योजनालाई विस्तृत र गहन छलफल गरेर मात्र बजेट ल्याइने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ नम्बर प्रदेशमा नेकपा र फोरमबीच सरकार गठन तयारी, राष्ट्रिय जनता पार्टी ‘आउट !
२ नम्बर प्रदेशमा नेकपा र फोरमबीच सरकार गठन तयारी, राष्ट्रिय जनता पार्टी ‘आउट !
सिद्धार्थ राजमार्ग अवरुद्ध
सिद्धार्थ राजमार्ग अवरुद्ध
बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा
रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा
प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित
प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित
जासुसी भूउपग्रहहरुको खुलासा, करौडो मानिस जोखिममा
जासुसी भूउपग्रहहरुको खुलासा, करौडो मानिस जोखिममा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन
सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन
नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद
नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद
प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न
प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न