निर्माण व्यवसायी महासंघमा पुनः रवि सिंह निर्वाचित

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३०, २०७८
|
|
१७ पटक हेरिएको
Shares
निर्माण व्यवसायी महासंघमा पुनः रवि सिंह निर्वाचित

सारांश

  • निर्माण व्यवसायी महासंघ (एफक्यान)का अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् ।
  • सिंह निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरेर दोस्रो पटक अध्यक्ष बन्न सफल भएका छन् ।
  • ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए ।

निर्माण व्यवसायी महासंघ (एफक्यान)का अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । सिंह निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरेर दोस्रो पटक अध्यक्ष बन्न सफल भएका छन् । ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेका थिए । यस्तै पाण्डेले ३ सय ३७ मत पाउँदा कोइरालाले ३२ मत मात्रै ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्ष र महासचिव पनि सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् । लामाले ५ सय ६३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी धिरेन्देर दाहालले २ सय ८९ मत प्राप्त गरेका थिए । महासचिवमा रोशन दाहालले ७ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी वासुदेव उप्रेतीले १ सय ७२ मत मात्रै ल्याए ।

उपाध्यक्षमा भने पाण्डे समूहको वर्चश्व देखिएको छ । एसोसिएट उपाध्यक्षमा रामजी पन्त(मुकेस), प्रदेश १ बाट उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोप बहादुर रायमाझी निर्वाचित भएका छन्।त्यसैगरी बागमती प्रदेशबाट बालकृष्ण थापा र गण्डकी प्रदेश उपाध्यक्षमा खेम राज मल्ल निर्वाचित भएका छन्।

निर्वाचित पाँचै जना उपाध्यक्ष पाण्डे प्यानलका हुन्। यस्तै उप महासचिव नीतिगत तर्फ शिवहरि घिमिरे, मधेस प्रदेश बाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, लुम्बिनी प्रदेशबाट टोप बहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्न बहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् ।

उपमहासचिव नीतिगततर्फ शिवहरि घिमिरे र आन्तरिकतर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष हिरान श्रेष्ठ र सह–कोषाध्यक्ष सन्तोष शाह निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?