निर्मला प्रकरण : गृहमन्त्रीका छोरालाई पनि अनुशन्धान गर्न माग
सारांश
- निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापाका छोरालाई पनि अनुशन्धानको दायरामा ल्याउनु पर्ने माग उठेको छ ।
- आइतबार सरकारको विरोधमा सुर्खेत, वीरेन्द्रनगरमा भएको कर्णाली प्रदश स्तरीय एक कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले गृहमन्त्रीका छोरालाई पनि अनुशन्धानको दायरामा ल्याउनु पर्ने भनेका हुन् ।
- कार्यक्रममा बोल्दै उनले निर्मलाको हत्याका बारेमा केही मानिसलाई थाहा भएको समेत उल्लेख गरे ।
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापाका छोरालाई पनि अनुशन्धानको दायरामा ल्याउनु पर्ने माग उठेको छ । आइतबार सरकारको विरोधमा सुर्खेत, वीरेन्द्रनगरमा भएको कर्णाली प्रदश स्तरीय एक कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले गृहमन्त्रीका छोरालाई पनि अनुशन्धानको दायरामा ल्याउनु पर्ने भनेका हुन् ।
कार्यक्रममा बोल्दै उनले निर्मलाको हत्याका बारेमा केही मानिसलाई थाहा भएको समेत उल्लेख गरे । सरकारको कृयाकलापका कारण थाहा पाएका ती मानिसहरु बोल्न नसकेको बस्नेतले दावी गरे । निर्मलाको हत्यारा पत्ता लगाउन गृहमन्त्रीका छोरामाथि पनि अनुशन्धान हुनु पर्ने उनको भनाई थियो । घटनाका बेला गृहमन्त्रीका छोरा कन्चनपुरमै रहेको उनले दावी गरेका छन् ।
हत्यारालाई बचाउन सरकार लाग्ने हो भने तरुण दल आफैले निर्मलाका हत्यारालाई सडकमा ल्याउने चेतावनी पनि बस्नेतले दिए । अध्यक्ष बस्नेतले बहुमतप्राप्त सरकार जनतालाई सुविधा दिनुको साटो नीति नियम विपरित उल्टो बाटोमा लागेको आरोप लगाए ।
प्रतिक्रिया