कांग्रेसी जनप्रतिनिधिले बहिस्कार गरे राष्ट्रपति भण्डारीको कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १४, २०७८
|
|
३३ पटक हेरिएको
Shares
कांग्रेसी जनप्रतिनिधिले बहिस्कार गरे राष्ट्रपति भण्डारीको कार्यक्रम

सारांश

  • पोखरा महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।
  •  कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।
  • उक्त कार्यक्रमको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् ।

पोखरा महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।

उक्त कार्यक्रमको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । उनी आज नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा पुगेकी हुन् ।

पोखरा महानगर वडा नम्बर ९ का कांग्रेसबाट विजयी वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि हाल आएर स्वार्थ पूर्तिका लागि आयोजना गरिएको आरोप लगाए ।

कांग्रेस जनप्रतिनिधिको दलको नेतासमेत रहेका उनले भने, ‘न्यायिक समितिमा समेत कांग्रेसलाई सहभागी गरिएको छैन । त्यसमाथि अहिले गरिएको कार्यक्रमका लागि गठन गरिएका समितिमा पनि सहभागी गराइएको छैन ।’

न्यायिक सम्मेलन एमालेको चुनावी ‘फण्डा’मात्र भएको आरोप लगाउँदै उनले अगाडि भने, ‘यो कार्यक्रम पहिल्यै हुनुपर्थ्यो । अहिले आएर गरिनु चुनावी फण्डामात्र हो ।’

पोखरा महानगरमा कांग्रेसका ११ वडाध्यक्षसहित कुल ४७ जनप्रतिनिधि छन् । सम्मेलनमा न्यायिक समितिको घोषणापत्रसमेत जारी गर्ने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुर्वा तेञ्जिङ शेर्पाले राखे नयाँ किर्तिमान  !
फुर्वा तेञ्जिङ शेर्पाले राखे नयाँ किर्तिमान !
भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो
अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो
आठ दिन भित्रै सबै मतपरिणाम आइसक्ने आयोगको भनाई
आठ दिन भित्रै सबै मतपरिणाम आइसक्ने आयोगको भनाई
एकसय असी सिट क्षमताका जहाज पोखरा विमानस्थलमा !
एकसय असी सिट क्षमताका जहाज पोखरा विमानस्थलमा !
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?

तपाईंले छुटाउनुभयो कि?