सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु

सारांश

  • काठमाडौं, ११ भदौ ।
  • काठमाडौंको सुन्धारामा रहेको रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने एक युवतीको रहस्यमय मृत्यु भएको छ ।
  • तारकेश्वर नगरपालिकाको शेषमतीमा बस्दै आएकी २० वर्षीया जेनिशा भनेर बोलाइने कोपिला श्रेष्ठको आइतबार राति मृत्यु भएको हो ।

काठमाडौं, ११ भदौ । काठमाडौंको सुन्धारामा रहेको रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने एक युवतीको रहस्यमय मृत्यु भएको छ । तारकेश्वर नगरपालिकाको शेषमतीमा बस्दै आएकी २० वर्षीया जेनिशा भनेर बोलाइने कोपिला श्रेष्ठको आइतबार राति मृत्यु भएको हो ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले कोपिलाका प्रेमी सागर कार्कीलाई पक्राउ गरेको छ । महागनरीय प्रहरी वृत्त, बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले उनलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताए । डान्स बारमै चिनजान भएर नजिकिएका उनीहरु नियमित भेटघाट गरिरहन्थे । आइतबार उनीहरु युवतीकै डेरामा थिए ।

प्रहरीलाई युवकले दिएको बयान अनुसार उनीहरुले दिनभर मदिरा पिएका थिए । “साँझ म ट्वाइलेटमा गएको बेला ऊ सलको पासो लाएर झुण्डिछ, मैले देख्ने बित्तिकै निकालेर अस्पताल लगेको हुँ” युवकले दिएको बयानलाई उद्धृत गर्दै प्रहरीले भन्यो । यद्यपि, प्रहरीले युवकको बयानलाई विश्वास गर्न सकेको छैन ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा युवतीको मृत्यु भएको थियो । कुनै विवादमा उनको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । तर, युवतीको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै निक्र्यौल हुने डिएसपी कोइरालाले बताए । पक्राउ परेका कार्कीमाथि मंगलबार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङको नारायणी उमावि केन्द्र  बाट योगेश भट्टराईले गरे मतदान
ताप्लेजुङको नारायणी उमावि केन्द्र बाट योगेश भट्टराईले गरे मतदान
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी
व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
घरमा आगो लगाएर छिमेकीलाई ताप्‍न बोलाएपछि
घरमा आगो लगाएर छिमेकीलाई ताप्‍न बोलाएपछि
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
‘पुनःनिर्माणमा प्रमुखभन्दा राजनीति गर्ने ल्याइए’
‘पुनःनिर्माणमा प्रमुखभन्दा राजनीति गर्ने ल्याइए’
श्रीमतीले ‘नाटक नगर जे गर्नु छ गर भनेपछि श्रिमानले यस्ताे कदम उठाए
श्रीमतीले ‘नाटक नगर जे गर्नु छ गर भनेपछि श्रिमानले यस्ताे कदम उठाए
दशैँकाे बेला काँग्रेस नेताले भने ‘नाकाबन्दी गर्छौ !’
दशैँकाे बेला काँग्रेस नेताले भने ‘नाकाबन्दी गर्छौ !’
‘इको साउण्डर’को प्रयोग गरी त्रिशुली नदीमा बेपत्ता बसको खोजी गरिँदै
‘इको साउण्डर’को प्रयोग गरी त्रिशुली नदीमा बेपत्ता बसको खोजी गरिँदै