संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?

सारांश

  • काठमाडौँ, ३० असार ।
  • सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौँ, ३० असार । सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५ सय ७० कर्मचारी रहनेछन् । यसअघि समितिले स्थानीय तहको अन्तरिम व्यवस्थापनका लागि ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुङ्ग्याएको थियो । संघ र प्रदेशको दरबन्दीलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर लागू गरिने मन्त्रालयका प्रवक्ता अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश नं १ मा दुई हजार ८ सय ८, प्रदेश नंं २ मा दुई हजार ३ सय ४३, प्रदेश नं ३ मा दुई हजार ६ सय ७३, प्रदेश नं ४ मा दुई हजार २ सय ४७, प्रदेश नंं ५ मा दुई हजार ५ सय ९७, कर्णाली प्रदेशमा एक हजार ८ सय ४२ र प्रदेश नंं ७ मा दुई हजार ६० कर्मचारीको दरबन्दी रहने छ ।

प्रदेश तहमा पहिला क्षेत्रीय र अञ्चल कार्यालयमा रहेका कर्मचारी खटाइनेछ । थारु आयोग, समावेशी आयोग, दलित आयोग, आदिवासी आयोग, मुस्लिम आयोगलगायत बाहेकका संवैधानिक आयोगमा रहने कर्मचारी दरबन्दी अझै टुङ्गिएको छैन् ।

अहिले एक लाख १७ हजार दरबन्दीमा करीब एक लाख छ हजार मात्र कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
टिपरमा प्रशासन फेरि पछि हट्यो ३ घण्टा थप्दै समय परिवर्तन
टिपरमा प्रशासन फेरि पछि हट्यो ३ घण्टा थप्दै समय परिवर्तन
राम जि ले अमृता लाइ माया गर्न थाले पछि के भयो त हेर्नुस् भिडियो (भिडियो सहित
गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न
गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न
सङ्घीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाईँदै
सङ्घीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाईँदै
काठमाडौंमा थपिए ७५५ कोरोना संक्रमित, ४५७ जना कोरोना संक्रमण मुक्त
देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल
देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

तपाईंले छुटाउनुभयो कि?