काठमाडौ अझै केही दिन धुम्म हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७८
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौ अझै केही दिन धुम्म हुने

सारांश

  • काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम अझै केही दिन धुम्म रहने मौसमविद्ले बताएका छन् ।
  • तत्काल ठूलो पानी पर्ने वा ठूलो हावाहुरी चल्ने सम्भावना नभएकाले अझै केही दिन मौसम खुल्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन ।
  • लामो समयदेखि ठूलो पानी नपरेको र राम्ररी हावा नचलेकाले मौसम धुम्मिएको उनको भनाइ छ ।

काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम अझै केही दिन धुम्म रहने मौसमविद्ले बताएका छन् । तत्काल ठूलो पानी पर्ने वा ठूलो हावाहुरी चल्ने सम्भावना नभएकाले अझै केही दिन मौसम खुल्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन ।

लामो समयदेखि ठूलो पानी नपरेको र राम्ररी हावा नचलेकाले मौसम धुम्मिएको उनको भनाइ छ । काठमाण्डौमा धुवाँ र धुलो थुप्रिएकाले प्रदूषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै पनि देखिएको छ । स्थानीय वायुको प्रभावका कारण देशको केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि त्यतिले मात्रै धुलो र धुवाँ नहट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच मौसम धुम्म हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान र अवतरण प्रभावित भएका छन् । कम भिजिविलिटी भएका कारण विमानस्थलको उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आन्तरिकतर्फका दर्जनौँ उडान ढिला भएका छन् भने केही रद्द भएका छन् ।

भिजिविलिटी कम हुँदा हिजो साेमवार पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरू प्रभावित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापाको गौरादहमा  बम विष्फोट
झापाको गौरादहमा बम विष्फोट
‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि
‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि
न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउँछु : कानूनमन्त्री तामाङ्
न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउँछु : कानूनमन्त्री तामाङ्
संविधानअनुसार नै राजदूत नियुक्ति समावेशी
संविधानअनुसार नै राजदूत नियुक्ति समावेशी
.जबरजस्ती करणीको अभियोगमा पक्राउ ः
.जबरजस्ती करणीको अभियोगमा पक्राउ ः
१८ बर्षमुनीका बालबालिकाले नविल बैँकको एप्सबाट पैसा कमाउन सक्ने
१८ बर्षमुनीका बालबालिकाले नविल बैँकको एप्सबाट पैसा कमाउन सक्ने
शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो
शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ
सरकारी सुविधा चाहिँदैन, फिर्ता लैजानुस्: पूर्वप्रधानमन्त्रीकी छोरी
सरकारी सुविधा चाहिँदैन, फिर्ता लैजानुस्: पूर्वप्रधानमन्त्रीकी छोरी
साउन २० गते सोमबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?