यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७८
|
|
२० पटक हेरिएको
Shares
यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन्।
  • भ्रमणका बेला उनी भारतका प्रभानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन्। भ्रमणका बेला उनी भारतका प्रभानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर–कुर्था रेल सेवा उद्घाटन सम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ। हस्ताक्षर लगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोर्टद्वारा भर्चुअल रुपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उद्घाटनपछि भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ। उक्त ३५ किलोमीटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो।

यस्तै, प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु कोरिडोरमा विद्युत प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ।

‘डिजीटल भुक्तानी प्लेटफर्म’ सम्बन्धी एक सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ । भ्रमणका बेला भारतीय सहयोगमा नेपालमा निर्माण भएका १३२ वटा स्वास्थ्य चौकीको पनि रिमेर्टबाट उद्घाट गर्ने कार्यक्रम रहेको छ।

उर्जा क्षेत्रमा सोलार इनर्जी र क्लिन इनर्जी सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दुई देशबीचको विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमको अवलोकन गरेपछि भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।

चैत २० गते भारतको उत्तर प्रदेशस्थित वारणासीहुँदै प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेबाट निर्वाचित वडाध्यक्षलाई बलात्कारको आरोप लागेपछि…
एमालेबाट निर्वाचित वडाध्यक्षलाई बलात्कारको आरोप लागेपछि…
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
‘एक विद्यालय एक पुस्तकालय’ अभियान तत्काल कार्यान्वयनमा ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ
‘एक विद्यालय एक पुस्तकालय’ अभियान तत्काल कार्यान्वयनमा ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ
ब्राजिलका राष्ट्रपतिद्वारा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा
ब्राजिलका राष्ट्रपतिद्वारा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा
कांग्रेसले धेरै जिते २५ सिट सम्म !
कांग्रेसले धेरै जिते २५ सिट सम्म !
अपराधीलाई कानूनी दायरामा ल्याउँछु : एआईजी नेपाल
अपराधीलाई कानूनी दायरामा ल्याउँछु : एआईजी नेपाल
दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
यस्तो छ नयाँ मर्यादाक्रम, प्रदेशप्रमुख साताैंमा, मुख्यमन्त्री नवौं स्थानमा
यस्तो छ नयाँ मर्यादाक्रम, प्रदेशप्रमुख साताैंमा, मुख्यमन्त्री नवौं स्थानमा
सिन्धुपाल्चोकमा आवास पुनःनिर्माण तीव्र
सिन्धुपाल्चोकमा आवास पुनःनिर्माण तीव्र
चितवनमा वन्यजन्तु पालन केन्द्र बनाइदै
चितवनमा वन्यजन्तु पालन केन्द्र बनाइदै

तपाईंले छुटाउनुभयो कि?