अपराधीलाई कानूनी दायरामा ल्याउँछु : एआईजी नेपाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
अपराधीलाई कानूनी दायरामा ल्याउँछु : एआईजी नेपाल

सारांश

  • बाजुरा, ५ पुस ।
  • प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले अपराधका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताएका छन् ।
  • त्रिवेणी नगरपालिका–९ पैमामा निर्माण भएको बडीमालिका प्रहरी चौकीको उद्घाटन गर्दै नेपालले शान्तिपूर्ण वातावरणमा रहेको समाजलाई बिगार्ने र विभिन्न अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने बताए ।

बाजुरा, ५ पुस । प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले अपराधका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताएका छन् ।

त्रिवेणी नगरपालिका–९ पैमामा निर्माण भएको बडीमालिका प्रहरी चौकीको उद्घाटन गर्दै नेपालले शान्तिपूर्ण वातावरणमा रहेको समाजलाई बिगार्ने र विभिन्न अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने बताए ।

अहिलेको प्रदेश मुकामको विषयलाई लिएर बन्द हडतालन गर्नु उपयुक्त नभएको उनको भनाइ थियो । “आन्दोलन गर्नु नै अपराध बढाउनु हो,” उनले भने । नेपालले जिल्लाको सुरक्षाका लागि जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिए ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्तिकोष तथा प्रहरी क्षेत्रीय भवन कार्यालयको रु ५० लाख २१ हजार लागतमा सो भवन ठेक्का प्रक्रियाबाट निर्माण गरिएको हो ।

जग्गादातालाई सम्मान
बडीमालिका प्रहरी चौकी निर्माणका लागि निःशुल्क जग्गा सहयोग गर्ने जग्गादातालाई जिप्रका बाजुराले सम्मान गरेको छ । त्रिवेणी नगरपालिका–९ का १० जना जग्गादातालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा त्रिवेणी नगरपालिका–९ का राजेन्द्र खत्री, मन्धिरे खत्री, डम्बर खत्री, बिर्ख खत्री, अमरसिं खत्री, नन्द खत्री, रामबहादुर थापा, दल थापा, धनराज खत्री र चेतराज पाध्याय रहेका छन् । उनीहरुले प्रहरी चौकीका लागि करिब पाँच रोपनी जग्गा निःशुल्क दान गरेका हुन् ।

यस्तै, भवन निर्माणमा सहयोग गर्ने बडीमालिका मन्दिरका पुजारी नेत्रप्रसाद पाध्याय, पार्वती माविका प्राचार्य कर्ण थापा, साइमल दमाईं र कल्धरी साउदलाई प्रहरी अतिरिक्त महानिरीक्षक नेपालले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी, एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने सुस्मिता थापालाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?