दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ७, २०७९
|
|
३८ पटक हेरिएको
Shares
दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी

सारांश

  •   काठमाडौ  ।
  • नेपाल बन्दको दिन (आज) आगजनी गरिएको टिपर बन्दकर्ताले नभएर टिपरकै चालक र सहचालले आगो लगाएको खुलेको छ ।
  • विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ ।

 

काठमाडौ  । नेपाल बन्दको दिन (आज) आगजनी गरिएको टिपर बन्दकर्ताले नभएर टिपरकै चालक र सहचालले आगो लगाएको खुलेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्द आह्वानको एकाविहानै दाङको घोराही नजिकै बबई खोलाको पुल नजिक रा १ ख आगजनी गरिएको समाचार सामाजिक सञ्जालमा भाइरल बन्यो ।
टिपरमा आगजनी भएपछि दाङ प्रहरीले बन्दकर्तालाई धरपकड गर्यो । टिपर आगजनीको घटनालाई लिएर प्रहरीले बिहानदेखि बन्दकर्ताहरू पक्राउ गरेको थियो । करिव १० जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तर बन्दका दिन एकाबिहानै टिपर आगजनीमा नेपाल कम्युनिस्ट पार्टीको संलग्नता नभएको नेकपा दाङका सेक्रेटरी प्रदीपको दाबी छ ।
प्रहरीले बन्दकर्तासंगको बयान तथा विभिन्न कोणबाट टिपरमा भएको आगजनीको बारेमा सुष्म अध्ययन सुरु गर्यो । प्रहरीको अनुसन्धानमा उक्त टिपर केहीदिन देखि घोराही उपमहानगरपालिका वठा नं। ४ गोग्ली ग्यारेजमा थन्किएर जानकारी पायो । बन्दको दिन एकाबिहानै ग्यारेजबाट उक्त टिपर बाहिर निस्क्यो । केही दिनदेखि थन्किएर राखेको टिपर एकाएक बन्दका दिन त्यो पनि एका विहानै निस्केपछि प्रहरीको अनुसन्धान टिपरका चालक र सहचालकमा आशंका उब्जियो । प्रहरीले टिपरका चालक राप्ती गाउँपालिका–८ पिपरीका अरुण चौधरी र उनका सहचालक गढवा – ७ आकाश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्यो ।

जब प्रहरीले घटनाबारे अनुसन्धान सुरु ग¥यो, घटनाको अर्को पाटो खुल्यो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले भने, ‘प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा बन्दकर्ताले नभएर चालक र सहचालक आफैले टिपरमा आगो लगाएको खुलेको छ ।

गौतमका अनुसार केही दिनदेखि ग्यारेजमा रहेको टिपर बन्दको दिन एकाएक निस्किनु र आगजनीमा पर्नुले प्रहरीलाई घटनामा सुरुमा नै शङ्कास्पद लाग्यो । घटनास्थलबाट चालक र सहचालकलाई पक्राउ गरी आवश्यक सोधखोज गर्दा घटनाको रहस्य खुलेको उनले जानकारी दिए । घटनामा टिपरधनी धनेश्वर भण्डारीलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।

‘आगजनीमा परेको टिपर करिब ४ वर्ष पुरानो हो । जसले दाङमा सञ्चालित सिमेन्ट उद्योगहरूको चुन ढुुङ्गा ढुवानी गर्ने काम गर्थ्यो । केही समयदेखि टिपर ग्यारेजमा थियो । गौतमले भने, ‘यसमा बीमा रकम कुम्ल्याउने दाउ देखिन्छ ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?