मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हार

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १२, २०७९
|
|
१७ पटक हेरिएको
Shares
मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हार

सारांश

  • काठमाडौं।
  • लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार आठौं खेलमा बेहोरेको छ।
  • आइतबार मुम्बईमा पाँच पटकको च्याम्पियन मुम्बई पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ।

काठमाडौं। लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार आठौं खेलमा बेहोरेको छ। आइतबार मुम्बईमा पाँच पटकको च्याम्पियन मुम्बई पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ।
जितका लागि १६९ रनको लक्ष्य पाएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै ३२ रनमा समेटियो। मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । यस्तै तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले ३ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेेकाे थियाे। लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए। मुम्बईका काइरन पोलार्डले र राइली मेरिडीथले समान २ विकेट लिए।
जितसंगै लखनऊ ८ खेलबाट ५ जित सहित १० अंक बनाएर चौथो स्थानमा छ। मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ।[image: mumbai.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?