पेट्रोल बेच्दा उपभोक्ता ठग्ने १२ वटा पम्पमा शिलबन्दी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पेट्रोल बेच्दा उपभोक्ता ठग्ने १२ वटा पम्पमा शिलबन्दी

सारांश

  • काठमाडौं ।
  • पेट्रोल बेच्दा उपभोक्ता ठग्ने १२ वटा पेट्रोलपम्पलाई सरकारले कार्वाही गर्दै शिलबन्दी गरेको छ ।
  • नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा उपभोक्ता ठग्ने पेट्रोलपम्प शिलबन्दी गरिएको हो ।

काठमाडौं । पेट्रोल बेच्दा उपभोक्ता ठग्ने १२ वटा पेट्रोलपम्पलाई सरकारले कार्वाही गर्दै शिलबन्दी गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा उपभोक्ता ठग्ने पेट्रोलपम्प शिलबन्दी गरिएको हो ।

कार्वाही गरिएका पेट्रोलपम्पलाई नगद ३० हजार, तीन वर्ष कैद र पेट्रोल पम्प शिलबन्दी गरिएको छ । विभागले एक महिनामा सफ्टवयर प्रविधि प्रयोग गरी २ देखि ५ प्रतिशतसम्म पेट्रोलियम पदार्थमा उपभोक्ता ठग्ने कारवाही गरेको हो ।

न्यू बगलामुखी आयल स्टोर स्वयम्भू काठमाडौं, विजय आयल स्टोर कलैया बारा, ममता आयल स्टोर कलैया बारा, स्वस्थानी आयल स्टोर बरीयापुर बारा, अमित आयल स्टोर बारा, शङ्कर आयल स्टोर बारा, शङ्कर पेट्रोलियम रुपन्देही, रिया आयल सप्लायर्स कपिलवस्तु, खुश्बु फ्यूल सप्लायर्स ओखलढुङ्गा, हरिओम आयल स्टोर बारा, जयविकास आयल स्टोर बारा, लुम्बिनी लोटर्स आयल स्टोर रुपन्देही कार्वाहीमा परेका हुन् ।

विभागका अनुसार सफ्टवयर प्रविधिको माध्यमबाट व्यापक मात्रामा उपभोक्तालाई थोरै दिएर ठगी गर्ने पेट्रोलपम्पलाई कारवाही गरिएको हो ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?