ओलीलाई कांग्रेसको जवाफी काउण्टर

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २६, २०७९
|
|
३५ पटक हेरिएको
Shares
ओलीलाई कांग्रेसको जवाफी काउण्टर

सारांश

  • काठमाडौं।
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको खण्डन गर्न नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेको छ।
  • पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा.

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको खण्डन गर्न नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले नेपाली कांग्रेसले अघि सारेको नीति तथा कार्यक्रमको ब्याजसमेत नेकपा एमालेले खाइरहेको बताएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस कुनै नीति नै नभएको पार्टी भएको बताएका थिए। त्यसको खण्डन गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘सामुदायिक वनको अवधारणा ल्याएर नांगो भइसकेको पहाडलाई फेरि हराभरा बनाउने पार्टी कांग्रेस हो। नेपाली कांग्रेसले जुन नीति र कार्यक्रम देशमा कार्यान्वयन गर्‍यो, त्यसको ब्याज साँवासहित खाने पार्टी एमाले हो। झुठो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ।’

नेपाली कांग्रेसले ल्याएको आर्थिक उदारीकणको नीतिअनुसार नै निजी उद्योग व्यवसाय फस्टाएको बताए। ‘नेपाली कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो, जताततै निजी उद्योग व्यवसायहरू फस्टाउन थाले,’ प्रवक्ता महतले भने, ‘उहाँ चाहीँ बासँबारी छाला जुत्ता कारखानाको उदाहरण दिनुहुन्छ। त्यसको ठाउँमा त संयौ छाला जुत्ता कारखाना खुलेको त बिर्सिनुभयो। एउटा उदाहरण उहाँ दिइराख्नुहुन्छ। र त्यो ठाउँमा गंगालाल हृदय रोग केन्द्र स्थापना भएको उहाँले बिर्सिनुभयो।’

नेकपा एमालेलाई कांग्रेसको विरोध गर्ने कुनै आधार नभएको बताए। ‘उहाँहरूलाई नेपाली कांग्रेसको विरोध गर्ने कुनै आधार छैन। जहिले पनि विकास भनेको नयाँ प्रविधि, नयाँ फड्को मार्ने हो,’ प्रवक्ता महतले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?