अब नवराज सिलवाल ९२ देशको प्रहरीको निगरानीमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
५२ पटक हेरिएको
Shares
अब नवराज सिलवाल ९२ देशको प्रहरीको निगरानीमा

सारांश

  • काठमाडौं, माघ ८ ।
  • नेपाल प्रहरीले पूर्व प्रहरी नायव डीआईजी तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाललाई नेपालमा फेला पार्न नसकेपछि अन्तर्राष्ट्रिय प्रहरीहरुको संगठन (इन्टरपोल) गुहारेको छ ।
  • नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि अब सिलवाललाई एक सय ९२ देशका प्रहरीले निगरानीमा राख्ने छन् ।

काठमाडौं, माघ ८ । नेपाल प्रहरीले पूर्व प्रहरी नायव डीआईजी तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाललाई नेपालमा फेला पार्न नसकेपछि अन्तर्राष्ट्रिय प्रहरीहरुको संगठन (इन्टरपोल) गुहारेको छ ।

नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि अब सिलवाललाई एक सय ९२ देशका प्रहरीले निगरानीमा राख्ने छन् । उच्च स्रोतका अनुसार सिलवाल नभेटिएपछि प्रहरीले इन्टरपोलको सहयोग मागेको हो ।

सरकारी कागजात कीर्ते गरेको आरोपमा सिलवालमाथि काठमाडौं प्रहरीले छानविन अगाडी बढाएको छ । उनी काठमाडौं प्रहरीमा बयान दिन नगएपछि प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयलाई पत्राचार गरी खोजीका लागि निर्देशन दिएको थियो ।

‘सिलवामाथि काठमाडौं प्रहरीले छानबिन गरिरहेको छ, जिल्लाका सबै अनुसन्धानका कुराहरु मलाई थाहा पनि हुँदैन । अनुसन्धान भइरहेका विषय बाहिर ल्याउन मिल्दैन’ नेपाल प्रहरीका प्रवक्ताले जानकारी दिए ।

यसअघि काठमाडौं प्रहरीले ललितपुर परिसरलाई समेत सिलवालको खोजीका लागि पत्र काटेको थियो । ललितपुरले नभेटेपछि देशभरका प्रहरीसँग समेत सहयोग मागिएको थियो । ललितपुर क्षेत्र नम्बर १ एमालेबाट सांसदमा विजयी सिलवालले सञ्चारमाध्यममा आफू ललितपुरबासीसँगै रहेको बताएपछि आइतबार प्रहरी टोली भट्टेडाँडामा खोजी गर्न पुगेको थियो । तर उनी नभेटिएपछि प्रहरी रित्तो हात फर्किएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र
बारामा गाडी ट्रकसँग ठोक्कियो, सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते
बारामा गाडी ट्रकसँग ठोक्कियो, सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द
मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द
सुनको मुल्य सयले बढ्यो
सुनको मुल्य सयले बढ्यो
माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल
माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
२ वटा बुटेल प्रुफ कार नेपाल आई पुगे,  मोदीले यि २ वटा महत्वपूर्ण काम गर्ने
२ वटा बुटेल प्रुफ कार नेपाल आई पुगे, मोदीले यि २ वटा महत्वपूर्ण काम गर्ने
अज्ञात रोगले विद्यार्थी बिरामी
अज्ञात रोगले विद्यार्थी बिरामी