कोरोनाबाट चिकित्सकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
२३ पटक हेरिएको
Shares
कोरोनाबाट चिकित्सकको मृत्यु

सारांश

  • कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
  • उहाँको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा रविन खड्काले जानकारी दिनुभयो ।
  • दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटलाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पु¥याइएको थियो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।उहाँको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा रविन खड्काले जानकारी दिनुभयो ।

दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटलाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पु¥याइएको थियो । उहाँ प्रदेश अस्पतालमा लामो समयदेखि कन्सल्ट्यान्ट प्रमुखका काम गर्दै आउनुभएको थियो ।नेपालका कोरोनाबाट चिकित्सकको मृत्यु भएको पहिलो घटना भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?