पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
१७ पटक हेरिएको
Shares
पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा

सारांश

  • प्रत्येक वर्ष फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिलाई यस वर्ष नेपाल भ्रमण वर्षसँग जोडेर भव्यताका साथ मनाउन प्रचारप्रसार गर्ने उद्देश्यले पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा निकालिएको छ ।
  • बिहान पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शोभायात्राको शुभारम्भ गर्नुभयो ।
  • शोभायात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पशुपति बहुमुखी क्याम्पसलगायत शैक्षिक संस्थाका विद्यार्थी, बैंक एवं वित्तीय संस्थाका कर्मचारीलगायत भक्तजन र सर्वसाधारण गरी १० हजारभन्दा बढीको सहभागिता थियो ।

प्रत्येक वर्ष फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिलाई यस वर्ष नेपाल भ्रमण वर्षसँग जोडेर भव्यताका साथ मनाउन प्रचारप्रसार गर्ने उद्देश्यले पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा निकालिएको छ ।

बिहान पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शोभायात्राको शुभारम्भ गर्नुभयो । शोभायात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पशुपति बहुमुखी क्याम्पसलगायत शैक्षिक संस्थाका विद्यार्थी, बैंक एवं वित्तीय संस्थाका कर्मचारीलगायत भक्तजन र सर्वसाधारण गरी १० हजारभन्दा बढीको सहभागिता थियो । शोभायात्रामा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायत कोषका पदाधिकारीहरुको सहभागिता थियो ।

यात्रामा सांस्कृतिक झाँकीसहित महाशिवरात्रि र नेपाल भ्रमण वर्षको समेत प्रचारप्रसार गरिएको थियो । महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन आज बिहान पशुपतिदेखि तिलगङ्गा–एयरपोर्ट–तीनकुने–नयाँबानेश्वर–बिजुलीबजार–बबरमहल हुँदै माइतीघर मण्डलासम्म शोभायात्रा निकालिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनुभयो ।

नेपालीले राष्ट्रदेवका रुपमा पूजाआराधना गर्ने पशुपतिनाथलाई द्वादश ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्गका रुपमा विश्वका विभिन्न देशमा रहेका वैदिक सनातन धर्मावलम्बीले मान्छन् । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीले एकपटक आइपुग्नै पर्ने गन्तव्यस्थलका रुपमा पशुपतिनाथलाई राख्ने गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । महाशिवरात्रि मनाउन कोष सञ्चालक परिषद् अध्यक्ष रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिअन्तर्गत ११ उपसमिति पनि गठन भएको छ ।

महाशिवरात्रिका लागि पशुपतिमा सबै तयारी पूरा भइसकेको जनाइएको छ । यस वर्ष अहिलेसम्म दुई हजारभन्दा बढी साधुसन्त पशुपति क्षेत्रका विभिन्न अखडामा आइबसेका छन् । फागुनकृष्ण एकादशीका दिन बिहानदेखि साधुसन्तलाई पशुपतिको मूल मन्दिरमा प्रवेश गराइनेछ । अन्तिम तयारीस्वरुप बुधबार बिहान पशुपति क्षेत्रमा बृहत् सफाइ गरिने कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताउनुभयो ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई फूलमालाले सजाइनेछ । मन्दिर सजाउन यस वर्ष केही भक्तजनले विभिन्न देशबाट फूलमाला मगाएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले टुङग्यायो महानगर र उपमहानगरको उम्मेदवारी, कहाँ को-को?
एमालेले टुङग्यायो महानगर र उपमहानगरको उम्मेदवारी, कहाँ को-को?
राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने
राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
अालेख: कामरेड ! दशैंको शुभकामना दिँउ वा श्राप ?
अालेख: कामरेड ! दशैंको शुभकामना दिँउ वा श्राप ?
अभिभावकलाई दैनिक रु १५
अभिभावकलाई दैनिक रु १५
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड
स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित
स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित
Demands of Dr KC should not be used for partisan interest: Bibeksheel
Demands of Dr KC should not be used for partisan interest: Bibeksheel
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)

तपाईंले छुटाउनुभयो कि?